LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  समाजको स्थापना दिवशका अवसरमा बुटवलमा पनि सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक भन्ने बिषयमा नागरिक सम्वाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागिहरुले राजनैतिक दलहरु सत्ता स्वार्थमा लिप्त भएको र सुशासन स्थापना गर्न असफल रहेको भन्दै नागरिक समाजको भूमिका आवश्यक रहेको बताए ।

मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रबद्र्धन र दण्डहिनता अन्त्यका लागि आवाज उठाउदै आएको छ ।

 


शनिबार बुटवलमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक बिषयक नाग।िरक सम्वाद कार्यक्रममा सहभागिहरुले राजनैतिक अस्थिरका कारण मुलुकमा आर्थिक सामाजिक लगाएतका क्षेत्रमा बिभिन्न समस्याहरु उत्पन्न भएको बताएका छन् ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनैतिक परिवर्तनमा सहकार्य गरेका शक्ति बिच एकता नहुँदा सुशासन प्रबद्र्धनमा चुनौती थपिएको बताउनुभयो ।


बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रदेश खेलकुद परिषदका सचिव जयप्रकाश भट्टराई, प्रदेश चिकित्सक संघका अध्यक्ष डा.कृष्ण खरेल, पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार लगायतले मुलुकमा राजनैतिक स्थिरताको अभाव हुदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर परेको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति प्रजापाल गिरी, नेकपा माओबादी केन्द्रका महेन्द्र भुसाल, नेकपा माओबादीका शरद ओली, नेकपा एमालेका मेघराज घिमिरे लगायतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भुमिका खेल्न आवश्यक रहेको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय