LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

मालपोत कार्यालय बुटवलले सोमबारदेखि बुटवल १३ झोलुंगे पुल नजिक नयाँ कार्यालय स्थापना गरेर सेवा शुभारम्भ गरेको छ ।
यसअघि बुटवल सुखानगरबाट सेवा दिदै आएकोमा सेवाग्राहीको सुविधाका लागि मालपोत कार्यालय र नापी कार्यालय नजिक हुनुपर्ने नेपाल सरकारको सुशासनप्रतिको प्रतिवद्धता अनुसार मालपोत कार्यालयले सोमबारदेखि बुटवल १३ झोलुंगे पुल नजिक कार्यालय स्थापना गरेर सेवा शुभारम्भ गरेको हो ।

सेवा शुभारम्भ कार्यक्रमको अवसरमा धारणा राख्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विकासको चरणले धेरै परिवर्तन आएको बताउँदै नापी र मालपोत कार्यालय बेलबास आउनु सामान्य कुरा होइन भन्नुभयो । उहाँले भैरहवा नापी, मालपोत र जिल्ला प्रशासन कार्यालय भएरै चलेको बताउँदै अव बेलबास तामनगर क्षेत्र अझै गुल्जार हुने बताउनु भयो । उहाँले बेलबासमा आएको मालपोत कार्यालयलाई संरक्षित गर्न स्थानीय बासिन्दाहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै मालपोत कार्यालय बुटवलका प्रमुख दामोदर भण्डारीले जनतालाई दिने सेवामा कहीकतै विना अवरोध नियम र कानुनको परिधिमा रहेर सेवा प्रवाह गर्ने बताउँदै जनतालाई कसरी छिटो छरितो सेवा प्रवाह गर्न सकिन्छ भन्ने बिषयमा मालपोत कार्यालय हरदम हरसमय प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

रुपन्देहीका प्रम्ुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बुद्धिजीवी ऋषि आजाद लगायतले बोल्दै बेलबासमा आएको मालपोत कार्यालयको सेवाबाट स्थानीय जनताले धेरै सुविधा पाउने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय