LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

विश्व वातावरण दिवस तथा २५ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी स्थित वडा कार्यालयमा बुधवार विहान सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले विश्व वातावरण दिवसको अवसरमा हामी सवैले स्वच्छ र सफा वातावरण कसरी बनाउन सकिन्छ भन्ने बिषयमा प्रण गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले आज विश्वभरी कार्बन उत्सर्जनले समस्या बढाईरहेको बेला अक्सिजन बढाउने हरिया बोटविरुवा संरक्षणमा ध्यान दिनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

सहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रमको सह आयोजकमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैना रहेको थियो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैनाका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघका रुपन्देही अध्यक्ष ध्रुब धितालले गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शालिकराम भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दिनानाथ आचार्य, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकी केन्द्रिय सदस्य सावित्रा रेग्मी, खानेपानी कार्यालयका डिभिजन प्रमुख राजकुमार चौधरीले शुभकामना ब्यक्त गर्नुभएको थियो भने धन्यबाद ज्ञापन सैनामैना नगरपालिका १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय