LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बिश्व बाताबरण दिवसको अवसरमा बुधवार सैनामैना नगरपालिका वडा नंं ४ मा रहेको पर्राेहा माध्यमिक बिद्यालयको हाताभित्र बृक्षारोपण गरिएको छ ।

सैनामैना जेसिजको आयोजनामा भएको बृक्षारोपण कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारी, विद्यालयका प्राचार्य बलबहादुर केसी, सहायक प्राचार्य हरिप्रसाद भट्टराई, पर्रोहा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल प्रसाद आचार्य लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी नेपाल जेसिजका पूर्व उपाध्यक्ष बिमल ज्ञवाली, सैनामैना जेसिजका बोर्ड सल्लाहकार नन्दवहादुर थापा र सिता क्षेत्रीको समेत सहभागिता रहेको थियो ।

सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवालीको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रमको संयोजन महासचिव भेषराज भण्डारीले गर्नुभएको थियो । सैनामैना जेसिजले पछिल्लोसमय सामाजिक क्षेत्रमा सकृयता बढाएको छ ।
त्यस अवसरमा विद्यालय हाताभित्र अशोक, स्वामी, गुलमोहर, अलमन्दा, जेठरोक्का, सयपत्री, एरिकापान र असारे फूल रोपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय