LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बिश्व बाताबरण दिवसको अवसरमा बुधवार सैनामैना नगरपालिका वडा नंं ४ मा रहेको पर्राेहा माध्यमिक बिद्यालयको हाताभित्र बृक्षारोपण गरिएको छ ।

सैनामैना जेसिजको आयोजनामा भएको बृक्षारोपण कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारी, विद्यालयका प्राचार्य बलबहादुर केसी, सहायक प्राचार्य हरिप्रसाद भट्टराई, पर्रोहा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल प्रसाद आचार्य लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी नेपाल जेसिजका पूर्व उपाध्यक्ष बिमल ज्ञवाली, सैनामैना जेसिजका बोर्ड सल्लाहकार नन्दवहादुर थापा र सिता क्षेत्रीको समेत सहभागिता रहेको थियो ।

सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवालीको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रमको संयोजन महासचिव भेषराज भण्डारीले गर्नुभएको थियो । सैनामैना जेसिजले पछिल्लोसमय सामाजिक क्षेत्रमा सकृयता बढाएको छ ।
त्यस अवसरमा विद्यालय हाताभित्र अशोक, स्वामी, गुलमोहर, अलमन्दा, जेठरोक्का, सयपत्री, एरिकापान र असारे फूल रोपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय