LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

जन सम्बन्ध तथा सुचना व्यवस्थापन इकाई, हरैया बहुमुखी क्याम्पस कञ्चन ३, हरैया, रुपन्देहीको आयोजनामा महिला सशक्तीकरणमा क्याम्पस र आमा समूहको पारस्परिक भुमिका बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अभिमुखीकरण कार्यक्रममा प्राध्यापक मानुसी भट्टराईले जवसम्म शिक्षाको पहुँच महिलाहरुमा पुग्दैन तवसम्म कुनै पनि क्षेत्रको बिकास र दिगो नहुने बताउनु भयो। स्थानीय आमा समूहका पदाधिकारी तथा सदस्यहरुलाई अभिमुखीकरण गर्दै नेपालको संबिधान २०७२ मा महिला र उत्पिडित तथा पिछडिएका सिमान्तकृत महिलाहरुको हक अधिकारको सुनिश्चित्ता गरेको र पुरुषहरुको तुलनामा महिलाहरुमा शिक्षाको पहुँच पछिमात्रै भएकोले शिक्षा प्रति महिलाहरुको अभिरुची बढ्नु स्वभाविक रहेको प्राध्यापक भट्टराईले बताउनु भयो। प्राध्यापक भट्टराइले आमा शिक्षित भएमात्र सिंगो समाज नै सचेत र शिक्षित हुने भएकोले हरेक आमाहरुलाई बिद्यालय तथा उच्च शिक्षासम्मको पहुँच अनिवार्य रहेको बताउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अवको समुन्नत समाज निर्माणका लागि हरेक आमाहरु शिक्षित हुनु पर्ने र शिक्षित आमाले मात्र परिवारलाई सही समयमा सही शिक्षा दिने सवल आमा बन्ने बताउनु भयो।

कार्यक्रमका बिशिष्ट अतिथि तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुको सशक्तीकरणसंगसंगै महिलाहरुलाई हरेक पक्षमा सवल र सक्षम बनाउन पालिकाले एक आमा समूह एक उद्यम नीति, कार्यक्रम तथा बजेट ब्यबस्था गरिएको बताउनु भयो। पालिकाको एकमात्र सामुदायिक क्याम्पसको शैक्षिक र भौतिक रुपमा सवल बनाउन आमाहरुको भुमिका नै मुख्य हुने भएकोले हरेक आमाहरुले आफ्ना छोरा छोरीहरुलाई उच्च शिक्षा हासिल गराउन सदैव उत्प्रेरणा दिनु पर्नेमा उपाध्यक्ष थापा मगरले जोड दिनु भयो।

यस्तै निवर्तमान गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यो पालिका र पालिका भित्र रहेका हरेक क्षेत्रको समुचित बिकासका लागि महिलाहरुलाई शैक्षिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक रुपमा सक्षम बनाउनु पर्ने बताउनु भयो। महिलाहरुको सशक्तीकरणका लागि सामुदायिक क्याम्पस र आमा समूह बिचको पारस्परिक सम्बन्ध अनिवार्य रहने निर्वातमान अध्यक्ष क्षेत्रीले बताउनु भयो।

कञ्चन गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा प्रवक्ता चित्रलाल तुलाचनले आमाहरुको सचेत्ता बिना कुनै पनि समाजको रुपान्तरण तथा बिकासको कल्पना गर्न नसकिने बताउनु भयो। मेरी आमाले मेरो लागि दुःख र मेहनत गरेर मलाई उचित शिक्षा दिक्षा दिएकै कारण आज पालिकाको महत्वपुर्ण जिम्मेवारीमा पुग्न सफल भएको बताउदै प्रवक्ता तुलाचनले आफ्ना सन्ततिको उज्जवल भविष्य निर्माणका लागि शिक्षामा आमाहरुको लगानी आवस्यक रहेको बताउनु भयो।

कार्यक्रममा क्याम्पसका क्याम्पस सभा सदस्य तथा शान्ती श्रृजना आमा समूहका अध्यक्ष हरिकला थापाले बिश्व बिद्यालयबाट क्याम्पसको गुणस्तर सुनिश्चित्ताका लागि आमा समूहबाट निःशर्त रुपमा आवस्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्त्रयm गर्नु भएको थियो।

क्याम्पस संचालक समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षता तथा जन सम्बन्ध तथा सुचना व्यवस्थापन इकाइका संयोजक दिपक भूसालको स्वागतमा सम्पन्न कार्यक्रममा लेखापाल कपिलमणी पौडेलले संचालन गर्नु भएको थियो। कार्यक्रममा कञ्चन ३, ४ र ५ का बिभिन्न आमा समूहका ३ सय भन्दा बढी पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय