सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आइ एस ओ मान्यता प्राप्त गरेको छ । आईतबार एक कार्यक्रमको आयोजनामा आई एस ओका नेपाल प्रतिनिधि सुदिप शर्मा र सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले बिधालयका अध्यक्ष डिल्लीराज गौतम र प्रधानाध्यापकलाई आइ एस ओ चिन्ह प्रदान गर्नुभयो ।

सैनामैनामा निजि बिधालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदान सरानिय रहेको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । सुनगाभाले आई एस ओ सर्टिफिकेट प्राप्त गर्न सफल भएकोमा नगर प्रमुख शर्माले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।




सुनगाभाले सबै मापदण्ड पुरा गरेकोले आइ एस ओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको आई एस ओका नेपाल प्रतिनिधि सुदिप शर्माले बताउनु भयो ।
सोही अवसरमा बिधालयमा अध्ययनरत बिधार्थीहरुका अभिभावकहरुलाई सकारात्मक सोच तथा उत्प्रेणा कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा सैनामैना वडा नं ३ का वडा अध्यक्ष तमबहादुर पुर्जा, एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण पौडेल, बिधालयका शैक्षिक सल्लाहकार कृष्ण पंगेनी लगायतले बिधालयको शैक्षिक अवस्थाको बिषयमा बोल्नुभएको थियो ।
सैनामैना वडा नं २ मा रहेकोको बाबरी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बिधालयका शिक्षक कमल पौडेलको संचालन रहेको थियो ।





