LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिकाका कृष्णप्रसाद श्रेष्ठ (काले कृष्ण) ले माल्दिभ्सको मालेमा भएको १४ औ साउथ एशियन बडिबिल्डिङ एण्ड फिजिक्स प्रतियोगिताको ८० केजी तौल समूहमा दोश्रो स्थान हासिल गर्न सफल भएका छन ।

माल्दिभ्सको मालेमा भएको उक्त प्रतियोगितामा रुपन्देहीको सैनामैनाका कृष्णप्रसाद श्रेष्ठ (काले कृष्ण) दोश्रो भई रजत पदक जित्न सफल भएपछि उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिनेको ओइरो नै लागेको छ ।


८० केजी तौल समूहमा दोश्रो हुन सफल कृष्णप्रसाद श्रेष्ठ (काले कृष्ण) लाई केही दिन अघि जिल्ला पावर लिफ्टिङ संघ र सैनामैना नगरपालिकाले अग्रीम सफलताको शुभकामना दिदै बिदाई गरेका थिए ।


यसअघि ५५ औ एशियन शारिरिक सुगठन च्याम्पियनसिप २०२३ मा सेकेण्ड रनरअप रहेका श्रेष्ठ माल्दिभ्सको मालेमा आईतबारदेखि सुरु भएको प्रतियोगितामा ८० केजी तौल समूहमा दोश्रो हुन सफल भएका हुन ।

सैनामैना घर भएका श्रेष्ठले दोश्रो स्थान हासिल गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई खेलको माध्यमबाट सैनामैनाको इज्जत र गरिमा बढाएको भन्दै बधाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय