LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकाका कृष्णप्रसाद श्रेष्ठ (काले कृष्ण) ले माल्दिभ्सको मालेमा भएको १४ औ साउथ एशियन बडिबिल्डिङ एण्ड फिजिक्स प्रतियोगिताको ८० केजी तौल समूहमा दोश्रो स्थान हासिल गर्न सफल भएका छन ।

माल्दिभ्सको मालेमा भएको उक्त प्रतियोगितामा रुपन्देहीको सैनामैनाका कृष्णप्रसाद श्रेष्ठ (काले कृष्ण) दोश्रो भई रजत पदक जित्न सफल भएपछि उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिनेको ओइरो नै लागेको छ ।


८० केजी तौल समूहमा दोश्रो हुन सफल कृष्णप्रसाद श्रेष्ठ (काले कृष्ण) लाई केही दिन अघि जिल्ला पावर लिफ्टिङ संघ र सैनामैना नगरपालिकाले अग्रीम सफलताको शुभकामना दिदै बिदाई गरेका थिए ।


यसअघि ५५ औ एशियन शारिरिक सुगठन च्याम्पियनसिप २०२३ मा सेकेण्ड रनरअप रहेका श्रेष्ठ माल्दिभ्सको मालेमा आईतबारदेखि सुरु भएको प्रतियोगितामा ८० केजी तौल समूहमा दोश्रो हुन सफल भएका हुन ।

सैनामैना घर भएका श्रेष्ठले दोश्रो स्थान हासिल गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई खेलको माध्यमबाट सैनामैनाको इज्जत र गरिमा बढाएको भन्दै बधाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय