LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुरेन्द्र परियार

दुबई, २८ जेठ । दुबईमा कृयाशील सनातन गौ संरक्षण अभियान संस्थाले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनले सागर दाहालको नेतृत्वमा ४० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा लक्ष्मी शर्मा, महिला उपाध्यक्षमा माया बस्याल, उपाध्यक्षमा देबी पाण्डे, थानेश्वर अधिकारी, महासचिवमा राजन भण्डारी (राहुल), सचिवमा सुनिता शर्मा, सहसचिबमा बिनीता दर्जी र निर्मला कार्की, कोषाध्यक्षमा ज्योतिष गणेश गैरे, सह– कोषाध्यक्षमा जमुना काफले र स्वेता नेपाल चयन हुनुभएको छ ।

संस्थाको प्रबक्तामा महेश्वर घिमिरे र महिला विभाग प्रमुखमा संगीता अधिकारी चयन हुनुभयो । संस्थाकी अध्यक्ष रमा न्यौपाने पन्थको अध्यक्षता तथा नेपाली समाज यूएईका पार्षद अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मोक्तानले सनातन गौ संरक्षण अभियान यूएईले यूएई दुबईमा रहेर हिन्दु धर्मको संरक्षण गर्दै गुरुकुल र गौशालाहरुमा सहयोग गर्दै आएको बताउँदै दुबईमा रहेका नेपालीहरुलाई परेको समस्यामा समेत समन्वय गर्दै अगाडि बढेको भन्दै प्रशंसा गर्नुभयो ।
संस्थाकी अध्यक्ष रमा न्यौपाने पन्थले परदेशमा रहेर हिन्दु धर्मको जगेर्ना गर्दै सबै हिन्दुहरू एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संस्थाले छोटो समयमा धेरै कामहरू गरेको बताउदै संस्थागत हितका लागि सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी तोयनाथ लम्साल, रमेश न्यौपाने, भूमिराज कंडेल लगायतले बोल्दै अरु कसैको प्रलोभनमा परेर धर्म परिवर्तन गर्नु गलत भएको तर्क गर्दै हिन्दु धर्म र यसको रक्षाबारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा संस्थाको प्रगति विवरण सुनिता शर्मा र आर्थिक विवरण गणेश गैरेले प्रस्तुत गर्नुभएको थियो । बरदुबईस्थित पिंकी रेस्टुरेन्टमा भएको कार्यक्रममा यूएई दुबईमा कृयाशील विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागीता थियो । सोही अवसरमा कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रम सागर दाहालको संचालनमा भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय