LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दिनेस खनाल सैनामैना — न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी २० विश्वकप क्रिकेटको सुपर(एट चरणमा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डले १३ रनले हराएको हो ।
वेस्ट इन्डिजले खेलेका ३ वटै खेल जित्दै समूह सी को शीर्ष स्थानमा समेत रहेको छ । अंकतालिकाको पुछारमा रहेको न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्युजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्युजिल्यान्डले जित्नै पर्नेछ ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमा समेटिएको हो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । त्यस्तै फिन एलेनले २६ रन बनाउँदा मिचेल सेन्टनरले २१ रन बनाए ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १९ रन खर्चिए । त्यस्तै गुडाकेश मोटीले ३ विकेट लिँदा अकिल होसेन र आन्द्रे रसेलले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि सेरफन रदरफोर्डले सर्वाधिक ६८ रन बनाए । उनले ३९ बलमा ६ छक्का र २ चौका हानेका थिए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए । त्यस्तै टिम साउथी र लोकी फर्ग्युसनले २(२ विकेट लिए । त्यस्तै जेम्स निसाम र मिचेल सेन्टनरले १र१ विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय