LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कञ्चनमा अभिमुखीकरण
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ ले सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र लिन आवश्यक पर्ने प्रकृयाबारे अभिमुखीकरण गरेको छ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताको सुविधा लिने सबैलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लागु गरेपछि वडाका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुलाई सहजिकरण गर्न टोल टोलमा गएर राष्ट्रिय परिचयपत्रबारे अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष केशर बहादुर खत्रीले आगामी बर्षदेखि सामाजिक सुरक्षा भत्ताका लागि नविकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने र यदि राष्ट्रिय परिचयपत्र नबनाएको भए बनाउनु पर्ने उल्लेख गर्नुभयो ।
अव सरकारले उपलब्ध गराउने हरेक सेवा सुविधाका लागि सरकारले बिस्तारै राष्ट्रिय परिचयपत्रलाई अनिवार्यता गर्दै गइरहेको समेत वडा अध्यक्ष खत्रीले बताउनु भयो ।
यसैगरी वडा सचिव चक्रपाणी पौडेलले आगामी बर्ष सामाजिक सुरक्षा भत्ता लिन सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्दा राष्ट्यि परिचयपत्र समेत संलग्न गर्नुपर्ने भएकोले सबैले राष्ट्रिय परिचय पत्र बनाउन आग्रह गर्नुभयो ।
यसभन्दा अघि वडा वडामा बनाएको राष्ट्रिय परिचय पत्र दर्ता भएको वा नभएको भन्नेबारे सुनिश्चितता गर्न समेत वडा सचिव पौडेलले आग्रह गर्नुभयो । अवदेखि राष्ट्रिय परिचयपत्र बिना सरकारले उपलब्ध गराउने कुनैपनि सेवा सुविधा लिन र दिन समेत नपाइने कुरा नेपाल सरकारले नै आधिकारिक सूचनाद्वारा जानकारी गराएको हुँदा वडावासीको सहजताका लागि टोल टोलमा अभिमुखीकरण कार्यक्रम गरिएको वडा सचिव पौडेलले बताउनु भयो।
विहिबार भएको अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरक्षा भत्ता सुविधा लिने वडाका ४० जनाको राष्ट्रिय परिचयपत्र सम्बन्धी समस्या समाधान गरिएको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्यहरु, वडा सचिव चक्रपाणी पौडेल, पञ्जिकरण शाखाका सुरेन्द्र पाख्रेल, सूचना प्रवृधि अधिकृत अनिल काउचा, टोल बिकास संस्थाका अध्यक्ष लगायतले यसभन्दा अघि राष्ट्रिय परिचयपत्र बनाएका तर राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त नगरेका वडाका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई राष्ट्रिय परिचयपत्र नम्वर यकिन गर्न सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय