LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना समृद्धिको आधारः उत्पादन, पर्यटन र पूर्वाधार भन्ने नारा सहित सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम बुधवार नगरसभामा प्रस्तुत गरिएको छ । १४५ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजनालाई निरन्तरता दिने उल्लेख गरिएको छ भने केही नयाँ योजना र कार्यक्रम पनि परेका छन ।

नगर उपप्रमुख बिना रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सैनामैनाको शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र कृषिलाई मूख्य प्राथमिकतामा राखिएको छ । “कोखदेखि शोकसम्म नगर सरकार“ भन्ने नीतिलाई अवलम्वन गर्दै स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन गर्न तथा सुत्केरी र नवजात शिशु स्वास्थ्य, पोषण र सरसफाई प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।
७० वर्ष माथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, अति गरिव तथा विपन्न नागरिकहरुलाई रुपन्देही जिल्लाभित्रका स्वास्थ्य संस्थामा जानको लागि निःशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिएको छ । .

सैनामैना ११ वनकट्टीमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्यलाई अगाडि बढाउन संघीय सरकारसँग विशेष पहल गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा नेपाल सरकारले तोकेका मृगौला, क्यान्सर, मुटुरोग लगायतका घातक रोगहरुको सहज उपचारका लागि आवश्यक सहयोगको व्यवस्था मिलाइने उल्लेख छ । सैनामैना वडा नं ४ मा निर्माण सम्पन्न भएको १५ शैय्याको नगर अस्पताललाई संघीय सरकार, प्रदेश सरकार र सैनामैना नगरपालिकाको समन्वयमा संचालन गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
घरमा हुने सुत्केरीलाई शुन्य अवस्थामा ल्याउनका लागि पर्रोहा स्वास्थ्य चौकीमा रहेको २४ घण्टे बर्थिंङ सेन्टरलाई व्यवस्थित बनाउदै लगिने उल्लेख गरिएको छ भने दुधराक्ष स्वास्थ्य चौकी र सालझन्डी स्वास्थ्य चौकीमा बर्थिंग सेन्टर संचालनको लागि आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा छ ।

नीति तथा कार्यक्रममा उज्यालो शहरः सैनामैनावासीको रहर भन्ने अवधारणा अनुरुप नगरपालिका अन्तरगतका मुख्य तथा सहायक मार्गहरुमा नेपाल विधुत प्राधिकरण संगको सहलगानीमा रातको समयमा आवतजावतमा सहजता ल्याउन, अप्रिय घटना नियन्त्रण गर्न र शहरी सौन्दर्यता समेत अभिवृद्धि गर्न स्मार्ट सडक वत्ती जडान गरिने उल्लेख छ ।
त्यसैगरी नगरभित्रका मुख्य सडकहरु मुर्गिया–लुम्बिनी सडक, कलौनी– लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी–ढोरपाटन सडक, रानिवगिया–वोलवम सडकजस्ता ठूला तथा महत्वपूर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्ने उल्लेख गरिएको छ ।
संघ प्रदेश र नगरपालिकाको सहकार्यमा वाड नं २ को बोलबमपार्क, वडा नं ६ को मलमलापार्कलाई हिलस्टेसन बनाइ पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने उल्लेख छ ।

त्यसैगरी सैनामैना चक्रपथको सालझण्डी सडकखण्ड निर्माण कार्यको शुरुवात गरिनेछ भने सैनामैना चक्रपथको वडा नं १ र २ को बाँकी खण्ड तत्काल निर्माण कार्य सम्पन्न गर्न संघीय सरकारसँग विशेष पहल गरिने उल्लेख छ ।
त्यसैगरी विद्यार्थीहरुलाई किताबी ज्ञानको अलावा अन्य व्यवहारिक ज्ञान दिलाउन क्रेडिट आवरमा फरक नपर्ने गरी प्रत्येक शुक्रबारको दिनलाई बुक फ्रि डे घोषणा गरी विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सिकाई चौतारी कार्यक्रममार्फत प्रोत्साहन गरिने उल्लेख छ । आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा अनिवार्य रुपमा लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरमा पछाडि परेका समुदायका छोरीहरुको उत्थानको लागि छोरी शिक्षा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी बीच कार्यसम्पादन करार गरिने उल्लेख छ ।
सैनामैना नगरपालिकामा सञ्चालित संस्थागत विद्यालयहरुले लगाई आएको शूल्कलाई एकरुपता कायम गर्न मापदण्डको आधारमा विद्यालयहरुको वर्गिकरण गरी प्रचलित कानून बमोजिम शूल्क निर्धारण गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

महिलाहरुलाई उद्यम र सीपको माध्यमबाट सशक्तिकरण गरी उद्यमी बनाई रोजगारी तथा स्वरोजगार सृजना गरी गरिवी निवारणमा सहयोग पु¥याउन सञ्चालित महिला संग उप प्रमुख कार्यक्रमलाई थप प्रभावकारी गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महिलाहरुद्वारा उत्पादन गरिएका वस्तुहरुको बजारीकरणको लागि कोसेली घर निर्माण तथा ब्यवस्थापनको प्रवन्ध मिलाइने उल्लेख गरिएको छ ।
कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कृषियन्त्र तथा उपकरण वितरण गरिने तथा ५० प्रतिशत अनुदानमा उन्नत जातका फलफूलका विरुवा वितरण गरिनेछ ।
सैनामैना नगरपालिका वडा नं. ३ मा निर्माण सम्पन्न भएको शित भण्डार सन्चालन गर्न आवश्यक व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा छ ।
संघीय सरकारको साझेदारीमा आलु पकेट क्षेत्र कार्यक्रम संचालन गरिने पनि उल्लेख कार्यक्रममा छ ।
त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सामुदायिक आयोजनामा सैनामैना नगरपालिकाको लागत साझेदारी कार्यक्रम गरिने उल्लेख छ ।
सडक पूर्वाधारलाई गुणस्तरीय र सुरक्षित बनाई ग्रामिण आदिवासी समुदाय, प्रशासनिक, पर्यटकीय र आर्थिक केन्द्रलाई सडक सञ्जालले जोडिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा आदिवासी थारु सामुदायको पहिचान, सँस्कृती र सँस्कारलाई समेत असर नपर्ने गरी थारु गाउँमा रहेका सडकको दायाँवायाँ नाली र सडक बत्ती सहित टायल विछ्याउने कार्य मार्फत वातावरणमैत्री उज्यालो नमूना गाउँ कार्यक्रमलाई निरन्तरता दिई थप क्षेत्रमा समेत विस्तार गरिने उल्लेख छ ।
८० वर्ष माथिका जेष्ठ नागरीक र अशक्त व्यक्तिहरुलाई घरमै भत्ता वितरण गर्न सेवाप्रदायक बैंकसँग समन्वय गरिने उल्लेख छ ।
नगरपालिकाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न तथा सडक दुर्घटना न्युनीकरण गर्न मुख्य चोकहरुमा सि.सि. क्यामरा जडान गर्ने कार्यको सुरुवात गरिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय