LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
रुपन्देहीको गैडहवा गाउँपालिका ले समृद्ध गैडहवा सुखी गैडहवाबासी भन्ने नाराका साथ शुक्रबार गाउँसभामा नयाँ आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा गैडहवाको कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष सुरेन्द्र पौडेलले ज्येष्ठ नागरिक सम्मानका लागि “ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम तथा सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रम संचालन गरिने बताउनु भयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले पालिकाभित्र संचालनमा रहेका वर्थिङ्ग सेन्टरलाई सुदृढिकरण तथा केही वर्थिङ्ग सेन्टरको थप गरी गर्भवती तथा प्रसूती अवस्थाका ज्यान जोखिममा परेका महिलाहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरिने, वर्थिङ्ग सेन्टरसम्म सुत्केरी गराउन आउने सुत्केरीहरुलाई एम्वुलेन्स सेवा निः शुल्क तथा अन्य प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईने, मातृ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश तथा संघको सहकार्यमा अल्ट्रासाउण्ड सेवालाई थप व्यवस्थित गरिने, महिलाहरुमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न संघ तथा प्रदेशको सहकार्यमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।
त्यसैगरी नीति तथा कार्यक्रममा कृषकहरुको उत्पादनलाई सहज रुपमा बजार सम्म पु¥याउन आवश्यक पूर्वाधार निर्माण तथा संचालनका लागि कार्यक्रम संचालन गरिने, कृषि पेशाको आधुनिकिकरण, व्यावसायिकरण गरी कृषि क्षेत्रको रुपान्तरणका लागि आवश्यक कार्यक्रम संचालन गरिने र सिंचाइ सुविधाबाट बञ्चित रहेका कृषकहरुलाई संघीय सरकार र प्रदेश सरकारसँगको  समन्वयमा सहजरुपमा स्यालो ट्युबेल, डिप ट्युबेलमा सिंचाई योजना सुचारु गर्न पानी तान्ने पम्प उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिइने उल्लेख छ ।
अध्यक्ष पोैडेलले सूर्यपुरामा निर्माणधीन रहेको (चिस्यान केन्द्र) कोल्ड स्टोरलाई आगामी आर्थिक बर्षमा निर्माण सम्पन्न गरी संचालनका लागि निजी तथा कृषि समुहसंग सहकार्य गरिने बताउनु भयो । गैडहवाको सीमा भएर बग्ने दानव नदीको पानी लिफ्ट गरी सिंचाइ गर्न सम्भाव्यता अध्ययन गर्ने र सम्भाव्यताका आधारमा योजना संचालनको प्रक्रिया अगाडी बढाउन पहल गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी नीति तथा कार्यक्रममा विपन्न, दलित, सिमान्तकृत, हिंसा पिडित महिलाहरुको लागि विभिन्न सीपमुलक तथा क्षमता अभिवृद्धि तालिम संचालन गरी उद्यशिलता विकास गरिने र गाउँपालिकामा उद्योग व्यवस्थापन इकाई स्थापना गरी लघु उद्यम दर्ता र नविकरण कार्यलाई थप व्यवस्थित गराईने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा अनाथ, असहाय, टुहुरा, अपाङ्गता भएका व्यक्ति, अशक्त, बेवारिसे, हिंसापीडित तथा सडक बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनाको लागि आपतकालीन बाल उद्धार कोषको व्यवस्था गरिने उल्लेख छ । रामापुर कलौनी– लुम्बिनी सडक खण्डमा सार्वजनिक यातायात संचालनका लागि सरोकारवाला निकायसँग आवश्यक पहल गरिने र सार्वजनिक यातायात संचालन गर्न आवश्यक समन्वय गरिने उल्लेख  गरिएको छ ।
भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिलाई निरन्तरता दिँदै स्थानीय शासकीय प्रणालीमा आर्थिक अनुशासन, भ्रष्टाचार नियन्त्रण, र सुशासन एवं सदाचार संस्कृतिको प्रवर्धनमा विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय