LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सैनामैना नगरपालिका रुपन्देहीभित्र रहेका विभिन्न प्रकृतिका अपांग भएका ब्यक्तिहरुका लागि सहायक सामाग्री बितरण गरिएको छ ।
अपांग सशक्तीकरण एबं सञ्चार केन्द्र बाँके र सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल दृष्टिविहीन उत्थान संघ रुपन्देही तथा अपांग पुनस्र्थापना केन्द्र रुपन्देहीको आयोजनामा ट्राईसाइकल, हिवलचियर, टवाईलेट चेयर, स्टेण्डिङ फ्रेम, स्टीक र वाकर वितरण गरिएको हो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले हिवलचियर बितरण गरेको ग¥यै गर्ने तर त्यो अहिले कस्तो अवस्थामा छ, प्रयोगमा आएको छ कि छैन भन्ने बिषयमा समेत अव अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले बितरण गरिएका अपांग सामाग्रीहरु एकले प्रयोग गरेपछि अर्कोले प्रयोग गर्न मिल्ने बताउँदै ती सामाग्री विग्रिएको अवस्थामा मर्मत गरेर पनि प्रयोग गर्न सकिने भएकोले बढी भन्दा बढी उपयोग हुने गरि अवको दिनमा बितरण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देबीदत्त आचार्यले अपांगता भएका ब्यक्तिहरुलागि स्थानीय तहहरुले सर्जीकल सामाग्रीहरु बिना नापजाँच वितरण गरिरहेको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डमा अपांगता भएका ब्यक्तिहरुलाई नापजाँच बिना सहायक सामाग्री बिना नापजाँच उपलब्ध गराउन हुँदैन भनेपनि स्थानीय तहले त्यसको पालना नगरेको बताउनु भयो ।

नेपाल दृष्टिबिहीन उत्थान संघ रुपन्देहीका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल र सैनामैना नगरपालिका महिला शाखा प्रमुख तुलसा ज्ञवालीले पनि बोल्नुभएको थियो । रुपनदेही अपांग पुनस्र्थापना केन्द्रकी अध्यक्ष सुबी गुरुङको स्वागतमा भएको कार्यक्रमको संचालन शंकर रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय