LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना सेवा समाज युएइको तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट नयाँ कार्यकालका लागि अध्यक्षमा बिष्नुप्रसाद पन्थि निर्वाचित हुनुभएको छ । जसको बरिष्ठ उपाध्यक्षमा केशब भट्टराई, प्रथम उपाध्यक्षमा सिता भण्डारी, उपाध्यक्षमा बसन्त अर्याल, महेश्वर धिमिरे, सङ्गीता अधिकारी, पार्बता अर्याल, महासचिवमा सुरेन्द्र परियार, सचिबमा गणेश घिमिरे, महिला सचिबमा
सुष्मा सुनार, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य, महिला कोषाध्यक्षमा
बिमला भुषाल, सह कोषाध्यक्षमा रमेश खड्का निर्वाचित हुनुभएको हो ।
केन्द्रीय सदस्यहरूमा बिष्णुदेबी शर्मा बेलबासे, यदुप्रसाद गौतम, भिमलाल पराजुली, कमला पाण्डे, सन्दिप पन्थ, अम्बिका के सि, साबित्री आचार्य, टीकाराम पाण्डे सहित २१ सदस्यीय नया कार्य समिति चयन भएको हो ।
कार्यक्रम संस्थाका निबर्तमान अध्यक्ष युबराज भट्टराईको अध्यक्षता तथा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । सो अबशरमा बोल्दै प्रमुख अतिथि अर्यालले सैनामैना सेवा समाजले छोटो समयमा धेरै सामाजिक कार्य गरेको भन्दै प्रंसषा व्यक्त गर्नुभयो ।

 


कार्यक्रममा नेपाली समाजका पार्सद अध्यक्ष राम मोक्तान, एनआरएनए युएईका महासचिव भुवनकुमार वाग्ले, नेपाल बिजनेश काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, रूपन्देही सेवा समाजका संरक्षक टंक थापा, अर्घाखाँची समाजका जेपि पोख्रेल, स्याङ्जा समाजका कल्पित भण्डारि, कपिलवस्तु समाजका नारायण अधिकारी, नवलपुर समाजका गोपाल पराजुली, सनातन गौ संरक्षण अभियान कि रमा न्यौपाने लगायतले बोल्दै नया कार्य समितिलाइ बधाई दिनुभयो ।
सोही अबसरमा संस्थाका नि.अध्यक्ष युबराज भट्टराईले संस्थाले गरेका कार्यप्रगति सहितको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष बिनु केसिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय