LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

साउन देखि लागू हुनेगरि सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य परिचयपत्रको व्यवस्था लागू गरिएपछि परिचयपत्र बनाउने बृद्धबृद्धालाई सहज होस भन्ने उद्देश्यले रुपन्देहीको सैनामैनाको वडा नं. ११ बाट परिचयपत्र शिबिर सुरु भएको छ ।
सैनामैनाको वडा नं. ११ मा बुधबार र विहिवार घुम्ती शिविर आयोजना गरिएको हो । घुम्ति शिविरमा सेवाग्राही बृद्धबृद्धा तथा शारीरिक रुपमा असक्तहरुको लामो लाईन थियो ।

सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले बृद्धबृद्धा, शारीरिकरुपमा असक्त तथा बिभिन्न दिर्घरोगी बिरामीहरुका लागि सामाजिक सुरक्षा भत्ता तथा सरकारले दिने सेवा सुविधा लिन अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरिएपछि सैनामैना वडा नं. ११ का सेवाग्राहीलाई सहजताका लागि बुधबार र बिहिबार घुम्ती शिबीर आयोजना गरिएको बताउनु भयो ।

७० बर्ष काटेका बृद्धबृद्धा तथा असक्तहरुले इलाका प्रशासन कार्यालय बुटवलमा गएर राष्ट्रिय परिचयपत्र बनाउन निकै सास्ती पाएको धेरै गुनासो आएपछि सेवाग्राहीको सहजताका लागि सैनामैनाका वडाहरुबाटै घुम्तिी शिविर आयोजना गरिएको हो । यसले बृद्धबृद्धा तथा शारिरीक रुपमा असक्त तथा दिर्घरोगीहरुलाई राष्ट्रिय परिचयपत्र लिन सहजीकरण गरिएको वडा अध्यक्ष भुसालले बताउनुभयो ।

सैनामैनाका ११ वटै वडामा राष्ट्रिय परिचयपत्रको लागि घुम्ती शिवीर आयोजना गरिने भएको छ । बुधबार र विहीबार सैनामैना ११ बाट सुरु भएको शिविर असार २७ र २८ गते वडा नं. १ मा संचालन भएपछि सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय