LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

विहिवार प्रकाशित एसईई परिक्षाको नतिजामा रुपन्देहीको सैनामैना ६ मा रहेको रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराईले चार जिपिए ल्याउन सफल भएपछि शुक्रवार बिद्यालयले खुसीयालीमा बिजय ¥यालीको आयोजना गरेको छ ।
विद्यालय परिसरबाट सुरु भएको बिजय ¥याली सैनामैना नगरपालिकाको विभिन्न स्थानसम्म पुगेको थियो ।
बिजय ¥यालीमा ठूलो संख्यामा विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो ।
रामापुर माध्यमिक विद्यालयबाट १८० जनाले एसईई दिएकामा कृतिम भट्टराईको जीपीए ४ नतिजा आएको हो ।
बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी छन ।
कृतिमले डाक्टर बन्ने सपना रहेको बताएका छन ।
रुपन्देहीमा सामुदायिक विद्यालयतर्फ चार जिपिए ल्याउने रामापुर माध्यमिक मात्रै भएको छ । संस्थागत विद्यालयतर्फ भने बुटवलको होराईजन स्कुलका प्रवेश खनालले चार जिपिए ल्याएका हुन ।
मुलुकभरबाट भने १८६ जनाले फोर जिपिए ल्याएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय