LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ६ भरतपुर कुटीकी चार बर्षीय बालिका प्रियसा ठाडा मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
विहिबार साँझ करिव ७ बजे प्रियसा आफ्नै अन्टीसंग नजिकै रहेको किराना पसल टंकीमा सामान लिन गएकी थिइन । किराना पसलमा रहेको फ्रिजमा छुँदा करेन्ट सर्ट भएर प्रियसाको मृत्यु भएको स्थानीयले बताएका छन ।
मृतक बालिकाकी आमा रमा ठाडा मगरले किराना पसलको लापरवाहीले आफ्नी छोरीको मृत्यु भएकोले क्षतिपूर्तिको माग गरेकी छिन । उनेले यसअघि पनि किराना दुकानको फ्रिजबाट करेन्ट लागेर एक दुईजना घाईते भएको सुनेको बताउँदै दुकानका संचालकको लापरवाहीले आफुले छोरी गुमाएकोले क्षतिपूर्ति नलिएसम्म लास नउठाउने उल्लेख गरिन ।

भरतपुरमा रहेको उक्त टंकीका कारण विगतमा समेत समस्या आएको स्थानीयले बताएका छन । टंकीकै कारण मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, कुटपिट गर्ने जस्ता घटना बिगतमा पनि हुने गरेको भन्दै स्थानीयले सार्वजनिक स्थानमा राखिएको टंकी हटाउन सैनामैना नगरपालिकासंग माग गरेपनि कुनै सुनुवाई नभएको बताएका छन । स्थानीय रमेशबहादुर सुनाले टंकीका कारण धेरै विवाद उत्पन्न हुँदै आएकोले गाउँलेहरुले टंकी हटाउन माग गरेको तर सुनुवाई नभएको बताउनुभयो ।

 

प्रियसा केही दिनअघि स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन । किराना दुकान पनि जनकल्याण माध्यमिक विद्यालयका शिक्षक दानबहादुर सुनारको हो ।
पछिल्लोसमय बिद्युत सर्ट भएर आगलागी हुने र त्यसका कारण मानवीय क्षतिका घटना बढ्दै गएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय