LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीको समावेशी टोलमा शनिवारदेखि स्केट पार्क सञ्चालनमा आएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एक समारोहका बीच स्केट पार्कको उदघाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले स्केटपार्क सैनामैनाको सालझण्डीमा संचालन हुनु अत्यन्त खुसीको कुरा भएको बताउँदै स्केटिङ आफैमा जोखिमको खेल भएकोले सावधानी अपनाउन पनि आग्रह गर्नुभयो । उहाँले आजका बालबालिकाहरु कुलतमा लागेर अन्तै गएर दिन बिताउने अवस्था रहेकोमा स्केटपार्कले बालबालिकालाई खेलसंग जोडेर समाजको विकासमा योगदान दिन महत्वपूर्ण हुने बिचार राख्नुभयो ।

रुपन्देहीको कञ्चन गाउँपालिकाका युवा दिपक अधिकारीको करिव ६० लाख बढी एकल लगानीमा संचालनमा आएको स्केटपार्कबाट बालबालिका तथा युवा युवतीहरु बढी लाभान्वित हुने बताइएको छ ।
स्केटपार्क उदघाटन समारोहमा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सैनामैना नगरपालिका वडा नंं १० का अध्यक्ष कृष्णप्रसाद घिमिरे, ११ नम्बर वडा अध्यक्ष रामप्रसाद भुसाल र वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेल लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।
स्केटपार्कका संचालक दिपक अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सैनामैना नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना कुँवर र सैनामैना खेलकुद बिकास समिति सदस्य ममता बुढाथोकीको सहभागिता थियो ।
कार्यक्रमको संचालन समावेशी टोल विकास संस्थाका अध्यक्ष गोविन्द अधिकारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय