LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दाङको तुलसीपुर रजौरामा निर्माण भएको कमलपोखरी योग साधना केन्द्र भुह्याँर थान हलको उदघाटन गरिएको छ ।
उक्त भवन लुम्बिनी प्रदेश सरकारले आव २०७९÷०८० मा विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो । प्रदेश सरकारले उक्त रकम दुई किस्तामा उपलब्ध गराएको थियो ।

भवनको उदघाटन पतञ्जली योग समिति लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार देवराज आचार्यले गर्नुभएको हो । साथै बिशिस्ट अतिथी डा. अरुणकुमार श्रेष्ठले हवन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै स्थानीयबासी तथा कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले आफ्नो ठाउँमा भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसले स्थानीयस्तरमा आयोजना हुने विभिन्न खालका कार्यक्रम सम्पन्न गर्न सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कमलपोखरी योग साधना केन्द्रको ९ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको छ । जसमा अध्यक्ष बलदेब रजौरे, माया के सी उपाध्यक्ष, भागीराम वली कोषाध्यक्ष, बामदेब बिस्ट सचिब रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा नारायण अधिकारी, पुर्णिमा ज्ञवाली, लोककुमारी बस्नेत, शान्ता डागी, गोबिन्द चौधरी चयन हुनुभयो । सल्लाहकारमा झग्गुप्रसाद पोख्रेल , दिपक न्यौपाने, मनोज रेग्मी, अम्मर चौधरी, टेकबहादुर केसी., मायादेबी सापकोटा र मानबहादुर चन्द चयन हुनुभएको थियो ।  केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव बामदेव विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय