LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैनाको मुर्गियामा रहेको पर्रोहा स्वास्थ्य चौकी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डमा रुपन्देही जिल्लामै प्रथम भएको छ । स्वास्थ्य संस्थाको पछिल्लो न्युनतम सेवा मापदण्डको स्कोर ९९ प्रतिशत प्राप्त गरि जिल्लाभरीकै उत्कृष्ट भएको हो । सोही अवसरमा स्वास्थ कार्यालय रुपन्देहीले अन्य पालिकाका स्वास्थ शाखा प्रमुख सहित मुर्गिया हेल्थ पोष्ट अवलोकन तथा छलफल गरेको छ ।
कार्यक्रममा बोल्दै सैनामैनाका नगर प्रमुख फडेन्द्रप्रसाद शर्माले न्युनतम सेवा मापदण्डमा जिल्ला कै प्रथम परोहा स्वा चौकी रहेको मा खुसी ब्यक्त गर्दै नगर पालिका बाट नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न र नगरबासीको स्वास्थ्य अवस्थालाई थप उकास्न नगरले बिशेष कार्यक्रम गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले पर्रोहा स्वास्थ्य चौकीले जिल्लामै नविनतम कामको सुरुवात गरेको बताउनु भयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले पर्रोहा स्वास्थ्य चौकीले स्वास्थ्य संस्थाको न्युनतम मापदण्डमा ९९ अंक ल्याएको र त्यो भन्दा माथि जानको लागी सुझाव दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका वडा अध्यक्ष तथा पर्रोहा हेल्थपोष्ट ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले स्वास्थ्य संस्थाको सेवाबाट टाढा रहेका समुदायको पहिचान गरि पहुँच र गुणस्तरलाई थप ब्यवस्थित गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय