LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वातन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि गरिएको कर फिर्ता लिन माग गरेको हो । सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
करको दायरा बढाउनु पर्नेमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल बृद्धि गरिएको कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका सैनामैना सभापति राजबहादुर क्षेत्रीले माग गर्नुभयो ।
जनताका आधारभूत आवश्यकताको रुपमा रहेको नागरिकता, नाता प्रमाणित जस्ता सेवा निशुल्क हुनुपर्नेमा कर बढाउनु खेदजनक भएको उहाँले बताउनु भयो । उहाँले ब्यवसायीको सटरको कर बृद्धि गरिएको छ, यता आर्थिक मन्दीका कारण सटर खाली हुँदै गएका छन् यस्तो अवस्थामा नगरपालिकाले गरेको कर बृद्धि न्यायोचित छैन भन्नुभयो ।

सैनामैना नगरपालिकाले कार्यपालिकाको बैठकको निर्णय भन्दै नागरिकता सिफारिसमा सत प्रतिशत सेवा शुल्क बृद्धि गरेको हो । त्यसैगरी खानेपानी र विद्युत सिफारिसमा पनि सत प्रतिशत शुल्क बृद्धि गरिएको छ भने नाता प्रमाणितमा पनि शत प्रतिशत बृद्धि गरिएको छ ।
त्यसैगरी बैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रयोजनको अंग्रेजी सिफारिसमा पनि सत प्रतिशत सेवा शुल्कमा बृद्धि गरिएको छ ।
उता नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कर बृद्धि नगरिएको दावी गर्दै सानो सानो दस्तुरलाई समायोजन गरिएको बताउनुभयो । नगर प्रमुख शर्माले सय पचास रुपैया दस्तुर हेरफेरलाई जनतालाई धेरै भार पर्नेगरि कर बढाएको अर्थमा बुझ्न नहुने उल्लेख गर्नुभयो ।
सैनामैना नगरपालिकाले विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर सत प्रतिशतसम्म बृद्धि गरेको हो । सेवा शुल्क र कर बढाएपछि सैनामैनाका राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी र स्थानीय जनताले तत्काल बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय