LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लियो क्लव अफ सैनामैनाले आईतवार सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको मलमला मन्दिर क्षेत्रमा बृक्षारोपण गरेको छ ।
त्यस अवसरमा आँप, लिची, जमुना, भुईकटहर, बाँस, निम, दालचिनी, स्वामी, पिपल र फूलका विरूवा रोपिएको छ ।
बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बढ्दो वातावरणीय प्रदुषणको समस्या न्यूनिकरण गर्न तथा बृक्षारोपण गरि हरियाली बढाउन बृक्षारोपण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले लियो क्लव अफ सैनामैनाले बृक्षारोपण गरि राम्रो कामको सुरूवात गरेकोमा धन्यबाद दिनुभयो ।
लियो क्लव अफ सैनामैनाका अध्यक्ष प्रसन्न पन्तले गत बर्षजस्तै गरी यो बर्षपनि मलमला मन्दिर परिसर क्षेत्रमा क्लवले बृक्षारोपण गरिएको बताउनुभयो । उहाँले वातावरण प्रदुषण नियन्त्रण गर्न बृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस प्रकारको अभियानलाई आगामी दिनमा पनि सफल बनाउनु पर्ने बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोखरेल, लियो क्लव अफ सैनामैनाका पूर्व अध्यक्ष प्रेम थापा, क्लवका सल्लाहकार गोपाल पाण्डे लगायतले बोल्दै बृक्षारोपण एक पुनित कार्य भएको बताउँदै यस प्रकारका कार्यक्रमले बाताबरण प्रदुषण नियन्त्रण गर्न सहयोग पु¥याउने भएकोले यस प्रकारका कार्यमा सवैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
लियो सुविधा पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत बृक्षारोपण कार्यक्रमका संयोजक मनिष क्षेत्रीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय