LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लियो क्लव अफ सैनामैनाले आईतवार सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको मलमला मन्दिर क्षेत्रमा बृक्षारोपण गरेको छ ।
त्यस अवसरमा आँप, लिची, जमुना, भुईकटहर, बाँस, निम, दालचिनी, स्वामी, पिपल र फूलका विरूवा रोपिएको छ ।
बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बढ्दो वातावरणीय प्रदुषणको समस्या न्यूनिकरण गर्न तथा बृक्षारोपण गरि हरियाली बढाउन बृक्षारोपण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले लियो क्लव अफ सैनामैनाले बृक्षारोपण गरि राम्रो कामको सुरूवात गरेकोमा धन्यबाद दिनुभयो ।
लियो क्लव अफ सैनामैनाका अध्यक्ष प्रसन्न पन्तले गत बर्षजस्तै गरी यो बर्षपनि मलमला मन्दिर परिसर क्षेत्रमा क्लवले बृक्षारोपण गरिएको बताउनुभयो । उहाँले वातावरण प्रदुषण नियन्त्रण गर्न बृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस प्रकारको अभियानलाई आगामी दिनमा पनि सफल बनाउनु पर्ने बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोखरेल, लियो क्लव अफ सैनामैनाका पूर्व अध्यक्ष प्रेम थापा, क्लवका सल्लाहकार गोपाल पाण्डे लगायतले बोल्दै बृक्षारोपण एक पुनित कार्य भएको बताउँदै यस प्रकारका कार्यक्रमले बाताबरण प्रदुषण नियन्त्रण गर्न सहयोग पु¥याउने भएकोले यस प्रकारका कार्यमा सवैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
लियो सुविधा पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत बृक्षारोपण कार्यक्रमका संयोजक मनिष क्षेत्रीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय