LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा सैनामैना नगरपालिका रुपन्देहीले आईतवार बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । सैनामैना नगरपालिका वडा नं. ७ को राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले बीपी कोइराला बहुआयामिक ब्यक्तित्व रहेको चर्चा गर्दै उहाँ प्रधानमन्त्री भएको अवस्थामा योजना आयोगमा एउटा गरिवको फोटो राख्न र एउटा हलो जोतेको किसानको फोटो राख्न निर्देशन दिनुभएको बताउनु भयो ।


उहाँले गरिव र हलो जोतेको किसानलाई हेरेर योजना बनाउन बीपीले योजना आयोगलाई आग्रह गरेको स्मरण गर्दै अहिलेपनि अवस्थामा कुनै परिवर्तन नआएकोले गरिव र हलो जोत्ने किसानको अवस्थालाई हेरेर योजना बनाउन सैनामैना नगरपालिकासंग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, नेकपा एमालेका सैनामैनाका अध्यक्ष नारायण न्यौपाने, पूर्व लुम्बिनी प्रदेश सभा सांसद कमला विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सैनामैना संयोजक नारायण महत लगायतले बोल्नुभएको थियो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राजकुमार चौधरीले स्वागत गर्नुभएको थियो भने धन्यबाद ज्ञापन उपप्रमुख बिना रानाले गर्नुभएको थियो । कार्यक्रमको संचालन सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।

यसैगरि नेपाली कांग्रेस बुटवल नगर समितिले आईतबार वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा बुटवलको वीपी चोकमा स्मृति दिवसको कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले वीपीले राजनीतिक र पुष्पलालले आर्थिक सुधारलाई पहिलो प्राथमिकता दिएको र यो विषय अहिले पनि सान्दर्भिक रहेको बताउनु भयो ।
जननायक वीपी कोईरालाले १०४ वर्षको जहाँनीया राणा शासनको अन्त्यको लागि गरेको नेतृत्वदेखि नेपालीमा साहित्य क्षेत्रमा गरेको योगदानसँगै कम्युनिष्ट नेता पुष्पलालले विदेशी हस्तक्षेप विरुद्धमा लिएको कठोर नीतिको चर्चा गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय