LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैनाका व्यवसायी प्रदिप गौतमको हृदयघातका कारण ५९ बर्षको उमेरमा विहिवार विहान निधन भएको छ ।
सैनामैना नगरपालिका वडा नम्बर २ निवासी व्यवसायी गौतम सैनामैना व्यापार संघको आजीवन सदस्य हुनुहुन्थ्यो भने सैनामैना उद्योग बाणिज्य संघको साधारण सदस्य हुनुहुन्थ्यो ।

व्यवसायी गौतमले सैनामैनामा पुनम पोलिक्लिनिक, पुनम फर्निसिङ, पुनम हार्डवेयर र पुनम डेकोर सञ्चालन गर्दै आउनु भएको थियो ।
त्यसैगरी उहाँ सैनामैना ४ मा रहेको ग्यालेक्सी बोर्डिङ स्कुलको पनि शेयर सदस्य हुनुहुन्थ्यो ।

सैनामैनामा रहेका आधा दर्जन बढी व्यावसायीक संघ संस्थामा आवद्ध गौतमको निधनले सैनामैनाको उद्योग व्यापार क्षेत्रले ठूलो क्षति बेहोरेको सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले बताउनु भयो । व्यवसायी प्रदिपको एक छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले व्यवसायी प्रदिपको निधनले सैनामैनाका उद्योगी व्यवसायी स्तब्ध भएको बताउनु भयो । प्रदिपको विहिवार नै सैनामैनाको कर्साघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय