LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

१२ साउन, कञ्चन
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजनामा शाइन ग्रिन ग्रो (हरियाली पर्बद्र्धन) अन्तर्गत  गैडहवामा बृक्षारोपण गरिएको छ। गैडहवा गाउँ पालिका वडा नं. ७ मा रहेको श्री जनकल्याण माध्यामिक विद्यालय र श्री तिलेश्वर्य प्राथमिक विद्यालयमा गरी बिभिन्न प्रजातीका १०० भन्दा बढी विरुवा रोपण गरिएको हो।
वृक्षारोपण कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क मानव संसाधन प्रमुख प्रभास राई, भैरहवा क्लस्टर प्रमुख सतिश कुमार द्विवेदी, सुर्यपुरा शाखा प्रमुख दिनेश थारु, छपिया शाखा प्रमुख राजु शर्मा, तौलिहवा शाखा प्रमुख अब्दुल कादिर हलवाई र आयोजक शाखाका कर्मचारीहरु तथा विद्यालयका प्रधानाध्यापक संजय कुमार यादव, हरिश कोहार, समाजसेवी सन्दिप गुप्ता लगायत विद्यालयका शिक्षक शिक्षिका, र स्थानीय अभिभावकहरुको उल्लेख उपस्थिति रहेको थियो।
बृक्षारोपण कार्यले बिश्वमा भइरहेको प्रदुषणलाई कम गरी स्वस्थ र हरियाली वातावरण गर्न सहायकसिद्ध हुने शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क मानव संसाधन प्रमुख प्रभास राईले बताए। हरेक बर्ष बिभिन्न संघसंस्थाहरुको साझेदारी संचालन गरिने बृक्षारोपण कार्यक्रमबाट स्वस्थ वातावरण निर्माणमा टेवा पुग्नुका साथै खुल्ला र सार्वजनिक क्षेत्रहरुमा हरियाली क्षेत्रको समेत बृद्धि हुदै जाने समाजसेवी सन्दिप गुप्ताले बताए।
बृक्षारोपण गरिएका बिरुवाहरु संरक्षण संरक्षण र सम्बद्र्धन गर्न सकेमा बृक्षारोपणको अर्थ रहने भएकोले रोपण गरिएका बिरुवाहरुलाई बचाएर हुर्काउने जिम्मेवारी स्थानीयको रहेको भैरहवा क्लस्टर प्रमुख सतिश कुमार द्विवेदीले जोड दिएका छन।

 


शाइन हरियाली पर्बद्र्धन अन्तर्गत संचालन गरिएको बृक्षारोपण कार्यक्रमबाट  हालसम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १६००० विरुवा वृक्षारोपण गरिसकेको सो बैंकका सुर्यपुरा शाखाका शाखा प्रमुख दिनेश थारुले जानकारी दिएका छन। साथै यस बर्ष बिभिन्न क्षेत्रहरुमा गरी थप १००० वृक्षारोपण गर्ने योजना रहेको सुर्यपुरा शाखा प्रमुख थारुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय