LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुद्धजन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधबार पनि यस्तै मौका जु¥यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमश्रृखलाको भिडियो र फोटो खिचेर आम मानिसहरुलाई लोभ्याएका छन् । लुम्बिनी पुगेका पर्यटकहरु लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । श्रीलंकाबाट बौद्ध तीर्थयात्रीहरु लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भगवान बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर ब्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रुपमा हिमाल देख्न पाएको बताउनुभयो ।

बर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरु देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरु लोभिएका हुन् । प्राय असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरु देखिने पुस्तौदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताउनुभयो ।

त्यसो त नेपाल भौगौलिक रुपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन । मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रुपमा प्रचार हुन सकेको छैन । भगवान बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एबं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वजराईले बताउनुभयो ।

मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिमश्रृखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथर भूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्वपूर्ण हो । लुम्बिनी सहित तराईका जिल्लाहरुबाट प्रायः असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीयहरु बताउँछन । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरी लगायतका हिमश्रृखलाहरु देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय