LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सनातन गौ संरक्षण यूएई द्धारा रुपन्देही र कपिलवस्तु का विभिन्न गौशाला मा अक्षकोष स्थापना तथा अन्न दान गरेको छ।रूपन्देही जिल्ला देबद्ह नगर पालिका  मा रहेको कामधेनु गौशाला मा  अक्षयकोस स्थापना गरिएको छ ,देवदह –६ ,पिपलडांडा रुपन्देही स्थायी ठेगाना भइ हाल दुबई बस्ने सनातन गौ संरक्षण की प्रचार प्रसार प्रमुख आदरणीया सुनिता पाठकज्यूले आफ्नो जन्मदिनको दिन गरेको संकल्प बमोजिम गौशालाको अक्षय कोष स्वरुप रू ५१००० सनातन गौ संरक्षण अभियान को रोहोबर मा प्रदान गर्नुभएको छ ! त्यसैगरी देवदह १० भलुही निवासी सनातन गौ संरक्षण अभियान का शल्लाकार आदरणीय समाजिक ब्यक्तित्व श्री तोयानाथ लम्सालज्यूले रू १०१०० तथा देवदह –५ निवासी सनातन गौ संरक्षण यूएई का केन्द्रीय सदस्य आदरणीय टीकाराम क्षत्रीज्यूले रू ५००० नगत सहयोग प्रदान गर्नुभएको थियो ।

कार्यक्रम मा गौशाला का गुरु आदरणीय बाबा योगी समराज जी ले कार्यक्रम मा बोल्दै सुनिता पाठकज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना दिनु भयो साथै सम्पूर्ण सहयोगीजनको परिवारको जीवनमा सदा गौमाताको कृपा होस ! सुस्वास्थ्य , दीर्घायू , सुख , शान्ती,एवं समृद्धी प्राप्ती होस।

गौमाताको आशीर्वाद एवं भगवान पशुपतिनाथको किर्पा बर्षण होस साधुवाद ! हजुरहरू जस्तै उदारमना ब्यक्तिहरूको सहयोगले हामी गौशाला र गुरूकूल सञ्चालन गर्न सफल भएका छौ ! तन , मन , धन बढ्दै जावोस भनेर कमान गर्नु भएको थियो । साथै सनातन गौ संरक्षण यूएई का शलहाकार यूबराज भट्टराई को नेतृत्व मा सनातन गौ संरक्षण यूएई को नाम रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका मा रहेको तिलोत्तमा गौशाला मा घज्ञ,ण्ण्ण् को अक्षय को निर्माण गरिएको छ कार्यक्रम मा उपस्थित सम्पूर्ण गुरु हरु ज्यु हरु कार्यक्रम मा यस्तो खाले सहयोग हाम्रा कामधेनु गौ बंसज हरु को संरक्षण मा निकै ठुलो टेवा पुगेको बताउनु भयो यूएई मा रहेर पनि नेपाल रहेका गौ माता को संरक्षण मा लाग्नु हुने सम्पूर्ण लाई आभार प्रगट गरदै धन्यवाद दिनु भयो।

त्यसै गरि कोपिलवस्तु को बुद्धभूमि नगरपालिका मा रहेको अनाथ गौशाला मा टण्ण्पन बरान सहयोग गरिएको छ कपिलवस्तु मा रहेका छाड़ा छोडीएका गाई हरु लाई संकलन गरेर तीनि हरु को रेखदेख गरिएको छ। कार्यक्रम बोल्दै गर्दा उक्त गौशाला निकै अब्यबस्थित रहेको दाना पानी को लागि पनि निकै समस्या भएको र स्थानीय सरकार को पनि खासै चासो नदेखाएको ले निकै जीर्ण अवस्था मा रहेको बताउनु भयो।

यसरी प्रबास मा रहेर पनि हाम्रा गौ माता हरु को सहयोग का लागि यहाँ सम्म आउनु भएको भनी निकै खुसी प्रकट गर्नु भएको थियो।कार्यक्रम मा बोल्दै कार्यक्रम का समयोजक् यूबराज भट्टराई ले यूएई मा रहनु हुने सनातन गौ संरक्षण यूएई मा आबद्ध सदस्य कार्यसमिति सदस्य सम्पूर्ण हजुरहरू जस्तै पुण्यात्माहरूको सहयोगले गौशाला , गुरूकूल एवं अन्य क्षेत्र मा सञ्चालन गर्न सहयोग मिलेको जानकारी गरानु भयो र यसको श्रेय सम्पूर्ण सहयोगी दिब्य आत्मालाई जान्छ। मनुष्य त जसरी तसरी त्यसरी आफ्नो जिबिकोपार्जन गर्ने गर्दछ तर जानवर हरु अबोध हुन्छन बोलन सक्दैन्न त्यस्ता लाई सहयोग गर्नु हाम्रो कर्तब्य हो।उक्त कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने , सुनीता पाठक ,टीकाराम छेत्री,धन राज भुरतेल,सीता न्यौपाने,मेंमा सुबेदि,प्रेम भण्डारी,चिंतामणि न्यौपाने तोयानाथ लम्शाल, को उपस्थिति थियो संस्था को अध्यक्ष मा हाल सागर दहाल हुनुनछ र राहत कोष को समयोजक् मा वरिष्ठ उपाध्यक्ष लक्ष्मी शर्मा हुनुनछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय