LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा रहेको पश्चिम पर्रोहा नमूना माध्यमिक विद्यालयले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
विद्यालयले कक्षा १२ उत्तिर्ण हुने कूल १८४ जना विद्यार्थीलाई सम्मान गरेको हो । त्यसै अवसरमा सैनामैनाकै सामुदायिक विद्यालयतर्फ ३ दशमलब ७५ जि.पि.ए ल्याएर नगर प्रथम हुन सफल प्रतीक्षा न्यौपाने सहित तीन जिपिएभन्दा माथि ल्याउने ११० जना विद्यार्थीलाई पनि सम्मानित भएका हुन ।
विद्यालयले शिक्षा सङ्कायमा ७८% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
कार्यक्रममा बोल्दै सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापा र पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र शर्माले सैनामैनाका विद्यार्थीहरुलाई अध्ययनकै लागि सैनामैनाबाट बाहिर जानु नपर्ने बताउँदै गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने क्याम्पसको चयन गर्न जोड दिनुभयो ।
कार्यक्रममा सल्लाहाकार सदस्य शालिकराम भण्डारी, सुरेश गिरी, शिक्षिका लता खड्का, विद्यार्थी मधु थापा लगायतले पछिल्लोसमय विद्यालयले राम्रो नतिजा हासिल गर्दै आएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले अन्तराष्ट्रिय गुणस्तरचिन्ह प्राप्त गरेको विद्यालयलाई आगामी दिनमा यस क्षेत्रकै लोकप्रिय शैक्षिक केन्द्रको रुपमा विकास गर्ने बताउदै विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक यमानन्द चालिसेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय