LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा रहेको पश्चिम पर्रोहा नमूना माध्यमिक विद्यालयले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
विद्यालयले कक्षा १२ उत्तिर्ण हुने कूल १८४ जना विद्यार्थीलाई सम्मान गरेको हो । त्यसै अवसरमा सैनामैनाकै सामुदायिक विद्यालयतर्फ ३ दशमलब ७५ जि.पि.ए ल्याएर नगर प्रथम हुन सफल प्रतीक्षा न्यौपाने सहित तीन जिपिएभन्दा माथि ल्याउने ११० जना विद्यार्थीलाई पनि सम्मानित भएका हुन ।
विद्यालयले शिक्षा सङ्कायमा ७८% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
कार्यक्रममा बोल्दै सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापा र पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र शर्माले सैनामैनाका विद्यार्थीहरुलाई अध्ययनकै लागि सैनामैनाबाट बाहिर जानु नपर्ने बताउँदै गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने क्याम्पसको चयन गर्न जोड दिनुभयो ।
कार्यक्रममा सल्लाहाकार सदस्य शालिकराम भण्डारी, सुरेश गिरी, शिक्षिका लता खड्का, विद्यार्थी मधु थापा लगायतले पछिल्लोसमय विद्यालयले राम्रो नतिजा हासिल गर्दै आएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले अन्तराष्ट्रिय गुणस्तरचिन्ह प्राप्त गरेको विद्यालयलाई आगामी दिनमा यस क्षेत्रकै लोकप्रिय शैक्षिक केन्द्रको रुपमा विकास गर्ने बताउदै विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक यमानन्द चालिसेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय