LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

इञ्जिनियर अरुण खनाल सैनामैना नगरपालिकामा कार्यरत हुनुहुन्छ । यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा लुम्बिनी प्रदेश तर्फको केन्द्रिय सदस्य पदमा उहाँले उमेदवारी दिनुभएको छ । इञ्जिनियर खनालले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिको दुई बर्षसम्म सदस्य भएर पनि अनुभव संगाल्नुभएको छ । खनालले पत्रकारहरुसंगको कुराकानीमा नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुको उद्देश्यका बिषयमा कुराकानी गर्दै इञ्जिनियरहरूको पेशागत हकहितको सुरक्षा र व्यवसायीक दक्षता अभिबृद्धि र विकास आफ्नो मूख्य चुनावी मुद्दा रहेको उल्लेख गर्नुभयो ।

इञ्जिनियरहरूको हकहितको सुरक्षा, इञ्जिनियरिङ पेशाको मर्यादा बृद्धि गर्ने तथा आगामी दिनमा इञ्जिनियर पेशालाई मर्यादित पेशाका रुपमा स्थापित गराउनका लागि आफ्नो उमेदवारी रहेको बताउँदै इञ्जिनियर खनालले आफू निर्वाचित भए इञ्जिनियरिङ पेशामा रहेको बिकृती अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले एक दुईजनाको कारणले समग्र इञ्जिनियरिङ पेशालाई बदनाम गराउने प्रयास आगामी दिनमा नहुने बताउँदै भएका बिकृती अन्त्य गरेर पेशालाई क्लिन पेशा बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो ।

इञ्जिनियरिङ पेशा आफैमा चुनौतिपूर्ण पेशा हो । पेशामा आबद्ध भएका इञ्जिनियरहरुका विभिन्न समस्या छन । उनीहरु बिभिन्न समस्याले पिल्सिरहनु परेको छ । बाहिरबाट हेर्दा आकर्षक पेशा लागेपनि भित्र अनेकौं समस्या छन । ती समस्यालाई सामूहिक रुपमा समाधान गर्ने प्रयास गर्नु अवको आवश्यकता हो । इञ्जिनियर अरुण खनालले पनि इञ्जिनियरहरुको सामूहिक समस्या समाधानमा आफ्नो प्रयास रहने बताउनु भयो । उहाँले आफू निर्वाचित भएपछि सवैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।

इञ्जिनियर खनालले धर्मराज अर्यालको प्यानलबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएको हो । उहाँले आफूलाई मत दिएर बिजयी बनाउन आग्रह गर्दै इञ्जिनियरिङहरूको पेशालाई बलियो बनाउन लागिरहने प्रतिवद्धता जनाउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय