LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका ८ रामापुरमा रहेको रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुलमा शुक्रवार हण्डिफोर तथा ब्याच बितरण कार्यक्रम सम्पन्न भएको छ ।
इन्टरेक्ट क्लव अफ तिलोत्तमा रामापुर रिभाईबलद्वारा आयोजित उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल कृष्णप्रसाद शर्मा र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले विद्यार्थीहरुलाई ब्याज बितरण गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै प्रिन्सिपल कृष्णप्रसाद शर्मा र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले रामापुर रिभाईबल स्कुलका विद्यार्थीहरुले गरेका अतिरिक्त कृयाकलापबाट विद्यार्थीमा किताबी ज्ञानमात्रै नभै सिर्जनात्मक क्षमताको विकास हुने बताउनुभएको थियो ।
स्कुलकी विद्यार्थी सिमरन भट्टराईको स्वागत, कृष शर्माको अध्यक्षता तथा बिकल्प पन्थीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले शुक्रबारीय अतिरिक्त कृयाकलापमा समेत भाग लिएका थिए ।
त्यसै अवसरमा स्कुलमा हरेक शुक्रबार हुने अतिरिक्त कृयाकलाप अन्तरगत कृष्ण जन्माष्टमीको पूर्व सन्ध्यामा कृष्ण लिला सम्वन्धि कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले घैटोफोर कार्यक्रम समेत आयोजना गरेर शुक्रबारीय कार्यक्रमलाई रोचक बनाएका थिए । सोही अवसरमा स्कुलमा गठन भएको जुनियर रेडक्रसमा आवद्ध विद्यार्थीहरुलाई ब्याज बितरण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय