डिनके खनाल अर्घाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ४ केरुंगाका स्थानीय बासिन्दाहरुद्वारा विभिन्न सार्वजनिक स्थानहरुमा उन्नत जातका आँपका बिरुवाहरु लगाउने अभियान सम्पन्न भएको छ ।



अभियान अन्तरगत छ्त्रदेव ४ का विभिन्न सार्वजनिक स्थानहरुमा ३ सय ५० वटा उन्नत जातका आपका बिरुवाहरु लगाइएको छ ।
अभियान सफल गराउन दुबईबाट खिमानन्द पाण्डे र अशोक श्रेष्ठ, बुटवलबाट शोभाखर पाण्डे, र काठमाण्डौंबा रामु खनाल तथा केरुंगाबाट रेवती खनाल लगायत देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
अभियानमा संलग्न स्थानीयले बिरुवाहरुको संरक्षण गर्नु हामी सबैको साझा दायित्व एवं जिम्मेवारी भन्दै सबैको साझा अभियानको लागि आर्थिक सहयोग प्रदान गर्नु हुने, बिरुवा खरिद, ढुवानी, बितरणको साथै बिरुवाहरु लगाउन एवं संरक्षणमा लाग्नु हुने तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद दिएका छन ।
अभियानको लागि एक लाख सात हजार दुई सय सन्तानब्बे रुपैया प्राप्त भएको थियो भने ७४ हजार रुपैया खर्च भएको हो ।
अभियानबाट बचत भएको सवैको सल्लाहमा आँपका बिरुवाहरुको संरक्षण लगायत आगामी कार्यक्रमहरुमा खर्च गरिने बताइएको छ ।
स्थानीय जनताले चाहेमा आफ्नो गाउँको विकासको नेतृत्व आफैले गर्न सक्छन भन्ने केरुंगेली जनताको बृक्षारोपणको यो अभियानले पुष्टी गरेको छ ।




