LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच, कुमारी नाच, घोडा नाच तथा विविध नेवा सांस्कृतिक कार्यक्रम सैनामैनाको वडा नंं १० को दुर्गा मन्दिर सालझण्डीमा सोमबार साँझ सम्पन्न भएको छ ।
नेवा देय दबु्ले हरेक बर्ष सैनामैनाका विभिन्न स्थानमा नेवा संस्कृति संरक्षण गर्ने उद्देश्यले लाखे लगायतका विभिन्न नेवा संस्कृतिसंग जोडिएका नाचहरु प्रदर्शन गर्दै आएको छ ।

सोमबार साँझ भएको नेवा सांस्कृतिक कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेवा संस्कृति नेपालको अत्यन्त पुरानो संस्कृति रहेको चर्चा गर्दै पहिले नेवा संस्कृति हेर्न नेपालकै पुराना शहरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले सैनामैनामै हेर्न पाईने बताउँदै त्यसका लागि नेवा देय दबुको भूमिका महत्वपूर्ण छ भन्नुभयो । उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक मुलुक रहेको चर्चा गर्दै सवै धर्म संस्कृतिलाई अपनत्व हुनेगरी सैनामैना नगरपालिका अघि बढेको उल्लेख गर्नुभयो ।

नेवा देय दबु सैनामैनाका अध्यक्ष देवीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको लाखे सहितको सांस्कृतिक कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तब्य राख्ने अतिथिहरुले नेपालकै पुरानो संस्कृति बोकेको नेवा संस्कृति संरक्षणमा नेवा देय दबुले पु¥याएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभएको थियो ।
नेवा देय दबु सैनामैनाका सहसचिव हेमन्त श्रेष्ठको संचालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मीना श्रेष्ठले गर्नुभएको थियो । लाखे नाच लगायतका नेवा सांस्कृतिक कार्यक्रम हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय