LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उदघाटन भएको छ । भारतको बिहार नालन्दास्थित नवनालन्द महाविहारमा अन्तर्राष्ट्रिय सम्मेलनको बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र सम्मानित विशेष अतिथिको रुपमा रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामा र शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव÷मुख्य भिक्षु उगेन नामग्यालले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उदघाटन गर्नुभयो ।
उदघाटनमा पछि कार्यक्रमलाई सम्बोधन गर्दै बिहारका गभर्नर राजेन्द्र अर्लेकरलले दोस्रो बुद्धको रूपमा सम्मानित गुरु पद्मसम्भवको जीवन, शिक्षा र स्थायी प्रभावको बारे चर्चा गर्नुभएको थियो ।
त्यस्तै बुद्धिस्ट कन्फेडेरेसनका प्रेसिडेन्ट समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामाले कार्यक्रमलाई सम्बोधन गर्दै गुरु पद्मसंभवको दर्शन अभ्यास सहित योगदानको चर्चा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव÷मुख्य भिक्षु उगेन नामग्यालले पद्मसंभवको दर्शन बारे पर्याप्त उजागर गर्ने प्रयास गर्नुभयो ।
सम्मेलनले श्रीलंका, भुटान, नेपाल र भारतका विज्ञहरूलाई गुरु रिन्पोछेको जीवन र योगदानका विभिन्न पक्षहरूका बारेमा छलफल गर्नका लागि एउटा मञ्च प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय