LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उदघाटन भएको छ । भारतको बिहार नालन्दास्थित नवनालन्द महाविहारमा अन्तर्राष्ट्रिय सम्मेलनको बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र सम्मानित विशेष अतिथिको रुपमा रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामा र शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव÷मुख्य भिक्षु उगेन नामग्यालले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उदघाटन गर्नुभयो ।
उदघाटनमा पछि कार्यक्रमलाई सम्बोधन गर्दै बिहारका गभर्नर राजेन्द्र अर्लेकरलले दोस्रो बुद्धको रूपमा सम्मानित गुरु पद्मसम्भवको जीवन, शिक्षा र स्थायी प्रभावको बारे चर्चा गर्नुभएको थियो ।
त्यस्तै बुद्धिस्ट कन्फेडेरेसनका प्रेसिडेन्ट समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामाले कार्यक्रमलाई सम्बोधन गर्दै गुरु पद्मसंभवको दर्शन अभ्यास सहित योगदानको चर्चा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव÷मुख्य भिक्षु उगेन नामग्यालले पद्मसंभवको दर्शन बारे पर्याप्त उजागर गर्ने प्रयास गर्नुभयो ।
सम्मेलनले श्रीलंका, भुटान, नेपाल र भारतका विज्ञहरूलाई गुरु रिन्पोछेको जीवन र योगदानका विभिन्न पक्षहरूका बारेमा छलफल गर्नका लागि एउटा मञ्च प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय