LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनाका व्यवसायीहरुले सैनामैना नगरपालिको व्यवहारकै कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका छन ।
व्यवसायीहरुले सैनामैना नगरपालिकाले अहिलेसम्म व्यवसायीको हितमा कुनै नयाँ कार्यक्रम ल्याउन नसकेकोमा चिन्ता ब्यक्त गर्दै यही अवस्था रहे थप व्यवसायी विस्थापित हुने बताएका छन ।
व्यवसायीहरुले सैनामैना नगरपालिकामा कर तिर्न जाँदा अनेक झञ्झट लगाउने काम भैरहेको भन्दै दुई तिन बर्षदेखि कर तिर्ने बाताबरण समेत नभएकोप्रति सैनामैना नगरपालिका मौन बसेको आक्रोस ब्यक्त गरेका छन ।
सैनामैना व्यापार संघले बुधबार सैनामैनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र सुवेदीले सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले घरबहालको दररेटको अवस्थाका बिषयमा व्यवसायीसंग नभै घरधनीसंग कुराकानी गरेर समाधान निकाल्न आग्रह गर्दै व्यवसायीको कर तिर्न पाउने अधिकार कसैले खोस्न नसक्ने बताउनु भयो । उहाँले सैनामैना व्यापार संघ सैनामैनाका व्यवसायीको हक हितका लागि जहाँ जान पनि तयार रहेको बताउँ बताउँदै घरबेटीले घरबहाल कर नतिरेको नाममा व्यवसायीलाई आतंकित बनाउन पाईदैन भन्नुभयो ।

सैनामैना कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष सन्तोष परियारले घरबेटीले घरबहाल कर नतिर्दा पसल भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुले कर तिर्न नपाउँदा व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो । परियारले सैनामैना नगरपालिकाले समस्याको गाँठो फुकाउनुपर्नेमा उल्टो व्यवसायीलाई अनेक तरिकाले दुःख दिने काम भैरहेकोमा आक्रोस पोख्नुभयो । उहाँले अहिले व्यवसाय नै धरापमा परिरहेको बेला सैनामैना नगरपालिकाले कर बढाएर व्यवसायीलाई थप समस्यामा पारेको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले व्यवसायीलाई विस्थापित हुनबाट रोक्न कुनै कार्यक्रम ल्याउँछ भन्ने आफूहरुले आशाा गरेकोमा उल्टो कर र दस्तुर बढाएर व्यवसायीलाई विस्थापित गराउने काम गरेको गुनासो गर्नुभयो ।

यसैगरी सैनामैना नगरपालिकामा नयाँ नेतृत्व आएपछि १० करोड बेरुजु प्ुगेको, नगरपालिकाले जनतालाई राहत दिनुपर्नेमा कर र दस्तुरका नाममा उद्योगी व्यवसायी सवैलाई समस्यामा पारेको भन्दै उद्यमी व्यवसायीले तिब्र रोष प्रकट गरेका थिए । पछिल्लोसमय सैनामैना नगरपालिकाले घरबेटीले घरबहाल कर नतिर्दा घर भाडामा लिएर व्यवसाय गरेका व्यवसायीको व्यवसाय नविकरण नगर्ने र कर तिर्न समेत नदिएर नगरपालिकाले व्यवसायीलाई विस्थापित बनाउने काम गरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय