LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले १७ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि शनिवार मनाएको छ । पुस्तकालय दिवसकै अवसरमा क्याम्पसमा योगदान पु¥याउने प्राध्यापक तथा विभिन्न परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई क्याम्पसले सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ साहित्यकार डाक्टर मुरारी पराजुलीले सम्बोधन गर्दै जब राज्य गैर जिम्मेवार हुन्छ अनि युवाहरु विदेश पलायन हुन बाध्य हुन्छन र हामी सधैभरी पछौटेको पछौटे हुन्छौं भन्नुभयो । उहाँले पढ्दा पढ्दै पनि अवसर प्राप्त नहुँदा विद्यार्थी भाई बहिनीहरु निरास हुनुपर्ने अवस्था रहेको र विदेशका लागि खुट्टा चाल्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा क्याम्पसका प्रमुख डा.ताराप्रसाद उपाध्यायले लुम्बिनी बाणिज्य क्याम्पसले एउटा अठोट गरेको बताउँदै त्यो भनेको कुनैपनि जटिल अवस्थामा पनि क्याम्पसले समयको कदर गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपाली विग्रेको समयको कदर नगरेरै हो भन्दै आफूलाई समयको कदर नगर्ने र अरुलाई दोषारोपण गर्ने प्रवृत्ति हटाउन आग्रह गर्नुभयो ।

क्याम्पसका सह प्राचार्य माधवप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्याम्पसका मूख्य सहायक दिपक भट्टराईले गर्नुभएको थियो । त्यसैगरी प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक धनबहादुर पुन, कर्मचारी संघका पुष्कर भुसाल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन उपप्राध्यापक पुनाराम भुसालले गर्नुभएको थियो ।
त्यसैगरी क्याम्पसले पुस्तकालय दिवसको अवसरमा बिबिए एफए चौथो सेमेष्टरमा अध्ययनरत बर्षा राना, बिबिएम चौथो सेमेष्टरमा अध्ययनरत दिवस राना मगर र सन्देश बुढाथोकीलाई सम्मान गरेको छ । त्यसैगरी क्याम्पसले आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने रेखा अर्याल र द्वितीय हुने श्रृष्टि श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी क्याम्पसले उपप्राध्यापक सन्ध्या काफ्ले, सह प्राध्यापक भरत भुसाल, उपप्राध्यापक धनबहादुर पुन र चिरञ्जीवी गौतमलाई पनि सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय