LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैना १० को २१ औं बार्षिक साधारण सभा तथा स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्र सैनामैना ११ को छैठौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार संयुक्त रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले यस क्षेत्रमा रहेका अपांगहरुको हक अधिकार रक्षा, तथा आर्थिक बिकास र सम्मृद्धिका लागि नेपाल दृष्टिविहीन उत्थान संघ र स्वावलम्बी अपांग महिला सशक्ती केन्द्रले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्नुभयो । उहाँले संघ र स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्रले संचालन गरेका कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले समाजमा रहेका विभिन्न बर्गका अपांगहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनैपनि कमी कमजोरी भएको भए त्यसलाई सच्याएर अपांगहरुको सेवा सुविधा पाउने अधिकारको लागि जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले सरकारले अपांगता भएका ब्यक्तिहरुको हक अधिकारलाई अगाडी बढाउने सन्दर्भमा उनीहरुको क्षमता तथा स्वास्थ्य शिक्षा र रोजगारीका विभिन्न योजना र कार्यनीति आईसकेको अवस्था भएपनि अपांगता भएकाहरुले अवसर नपाएको अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत तुलसी ज्ञवाली, झिमझिमिया भुल्केपानी खानेपानी संस्थाका अध्यक्ष कुलबहादुर घर्ती, नेपाल दृष्टिविहीन उत्थान संघका कोषाध्यक्ष शंकर रेग्मी लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता स्वावलम्बी अपांग महिला संघकी अध्यक्ष रञ्जीता रेग्मी र नेपाल दृष्टिविहीन उत्थान संघका अध्यक्ष मुक्तिनाथ पाण्डेले गर्नुभएको थियो ।
यसैबीच स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्र सैनामैना ११ को छैठौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले रञ्जीता रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा समिता अर्याल, सचिव रुपा बलाल, सहसचिवमा रेखा थापा, कोषाध्यक्षमा सुशीला पन्त र सदस्यहरुमा सिर्जना पाण्डे, शिल्पा कुरावाल, निता चौधरी र भुमा खरेल हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय