LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिको आयोजनामा तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष शर्माले पर्वत रुपन्देही सेवा समाज सबै पर्वतेलीहरुको साझा चौतारी भएको बताउनु भयो ।
पर्वतबाट विभिन्न कारणले अस्थायी वा स्थाई रुपमा पर्वत छोडेर रुपन्देही आउनु भएका पर्वतेलीहरुलाई दुख सुखमा साथ दिन संस्था स्थापना गरेको स्मरण गर्दै संस्थाले रुपन्देहीमा मात्र नभएर जन्मभुमि पर्वतको लागि समेत योगदान पुराइरहेको बताउनु भयो ।
उहाँले तीज पर्वलाई तत्कालीन समाजमा महिलाहरुको बिद्रोहको रुपमा लिनुपर्ने बताउनु हुदै अहिले पनि जताततै महिला हत्याहिंसा बढी रहेको कारण महिला दिदिबहिनीहरु अझ धेरै संगठित हुनुपर्नेमा जोड दिनु भयो ।
बुटवल नगर समिति अध्यक्ष उषा प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपाध्यक्ष जया पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन सचिव कृष्ण भुसाल दिपले गर्नुभएको थियोे ।
यसैगरी पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिले समेत तीजको अवसरमा मानव आश्रममा रहेका १२५ जनालाई भोजन गराएको छ । केन्द्रीय समितिका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
उक्त कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगर अध्यक्ष लोकप्रसाद भुसालले गर्नु भएको थियोे भने संचालन सचिव चन्द्रा भुसालले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय