LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिको आयोजनामा तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष शर्माले पर्वत रुपन्देही सेवा समाज सबै पर्वतेलीहरुको साझा चौतारी भएको बताउनु भयो ।
पर्वतबाट विभिन्न कारणले अस्थायी वा स्थाई रुपमा पर्वत छोडेर रुपन्देही आउनु भएका पर्वतेलीहरुलाई दुख सुखमा साथ दिन संस्था स्थापना गरेको स्मरण गर्दै संस्थाले रुपन्देहीमा मात्र नभएर जन्मभुमि पर्वतको लागि समेत योगदान पुराइरहेको बताउनु भयो ।
उहाँले तीज पर्वलाई तत्कालीन समाजमा महिलाहरुको बिद्रोहको रुपमा लिनुपर्ने बताउनु हुदै अहिले पनि जताततै महिला हत्याहिंसा बढी रहेको कारण महिला दिदिबहिनीहरु अझ धेरै संगठित हुनुपर्नेमा जोड दिनु भयो ।
बुटवल नगर समिति अध्यक्ष उषा प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपाध्यक्ष जया पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन सचिव कृष्ण भुसाल दिपले गर्नुभएको थियोे ।
यसैगरी पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिले समेत तीजको अवसरमा मानव आश्रममा रहेका १२५ जनालाई भोजन गराएको छ । केन्द्रीय समितिका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
उक्त कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगर अध्यक्ष लोकप्रसाद भुसालले गर्नु भएको थियोे भने संचालन सचिव चन्द्रा भुसालले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय