सैनामैना सेवा समाज यूएईले महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा तिज विशेष धमाका २०२४ कार्यक्रम हालै भव्यरूपमा सम्पन्न गरेको छ । तिज विशेष धमाकामार्फत असहाय एबं बिपन्न बिद्यार्थीहरूका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग संकलन गर्ने मूख्य उद्देश्य रहेको छ ।
‘बिदेशमा पहिचानः समृद्ध सैनामैना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ स्थापित सैनामैना सेवा समाज यूएईद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा नेपाली राजदुतावास आबुधाबी युएइका श्रम कन्सुलर दिनबन्धु सुवेदी, विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, एनआरएनए युएईका अध्यक्ष बिकाश शाही लगायत युएइमा रहेका नेपालीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई भब्य बनाउन राष्ट्रिय लोक गायक पुश्कल शर्मा, लोक गायिका आशा बिसी, लोक गायक अर्जुन कुँवर एवं स्थानीय कलाकारहरूको उपस्थिति रहेको थियो ।
सैनामैना सेवा समाज युएईका अध्यक्ष बिष्णुप्रसाद पन्थीले कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्न सवैको साथ र सहयोगप्रति धन्यबाद प्रकट गर्दै आभार ब्यक्त गर्नुभयो त्यसैगरी कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटेर काम गर्ने कार्यक्रम संयोजक केशब भट्टराई र महासचिव सुरेन्द्र परियार लगायत सवैलाई अध्यक्ष पन्थीले धन्यबाद दिनुभयो ।
यसैबीच सैनामैना सेवा समाज युएईले श्रमिक मैत्री अन्तर्कृया कार्यक्रम समेत सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्बाधार मन्त्री भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले नेपालीहरुको समस्याका बिषयमा दुताबाससंग छलफल गरेको र खासगरि मृत्यु भएको डेथ बोडी नेपाल लैजाने सन्दर्भमा दुताबास, एनआरएन लगायत युएईमा रहेका नेपाली समुदायसंग छलफल गरेको बताउनु भयो । उहाँले प्रदेश सरकार र पालिकाले एउटा कार्ययोजना बनाएर यस बिषयमा छलफल गरि डेथ बोडी नेपाल ल्याउन पहल गरिने प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी कार्यक्रमा एनआरएनए एनसिसी युएईका अध्यक्ष बिकास शाही, नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, समाजसेबी ठाकुर प्रसाद ढुंगाना, बाबुराम बिश्वकर्मा, टक गुरुङ्ग, नेपाली जनप्रगतिशील मन्च युएई का अध्यक्ष लक्ष्मण खनाल, प्रबासी नेपाली मन्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम सापकोटा, नेपाली जनसम्पर्क समितिका सभापति भवानी तिमल्सिना, रुपन्देही समाज युएईका अध्यक्ष अमित लोहनी, गुल्मी सेवा समाज युएईका संरक्षक कृष्ण गौतम, कपिलबस्तु समाज युएईका अध्यक्ष नारायण अधिकारी, बाग्लुङ्ग समाजका अध्यक्ष रत्न बि.क, एनआरएनए एनसिसी युएइएका महासचिब भुबन कुमार वाग्ले, सचिब जीवनसिंह ठकुरी लगायतले अन्तरक्रिया कार्यक्रममा आ आफ्नो भनाइ राख्नुभएको थियो ।
सिल्भर स्पुन रेस्टुरेन्ट बरदुबैमा आयोजित उक्त कार्यक्रममा सस्थाका अध्यक्ष बिष्णु प्रसाद पन्थिले श्रमिक मैत्री अन्तरकृया कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो । युएइमा श्रमिक हरुको हक हितका बारेमा सबैजना एकै ठाउमा उभिन समेत आग्रह गर्नुभयको थियो ।
यसैगरी एनआरएनए एनसिसी युएईले भौतिक पुर्बाधार मन्त्री माननीय भुमिस्वर ढकाललाई ज्ञापनपत्र समेत बुझाएको छ ।
करिव ६ लाख नेपाली रहेको युएईमा पछिल्लोसमय नेपालीले नेपालीलाई नै ठग्ने समस्या बढ्दै गएको छ । नेपालमा अपराध गरेर लुक्न आउने, ट्रान्जिट प्वाईन्टको रुपमा आएर युएइमै बस्ने, प्रतिवन्धित क्षेत्रमा नशालु पदार्थ सेवन गर्ने लगायतका गतिविधिमा नेपालीहरु सकृय भएपछि नेपालीहरुको प्रतिष्ठामै आँच पुग्न थालेको भन्दै यस प्रकारका गतिविधि नियन्त्रण, तथा दुबइमा राजदुतावासको कार्यलय खोल्नको लागि मन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।
युएइमा बसेर पर्यटन, रोजगारी र व्यापार लगायतका क्षेत्रमा धेरै संभावना रहेपनि नेपालीको बसाई व्यवस्थित हुन नसक्दा समस्या उत्पन्न भएको भन्दै सैनामैना सेवा समाज युएईले चिन्ता प्रकट गरेको छ ।
युएईमा अहिले हप्ताकै तीन चारजना नेपालीको मृत्यु हुने गरेको छ । सैनामैना सेवा समाज युएईले अन्य धेरै समस्या समेटेर दुताबास र मन्त्रीको ध्यानाकर्षण गराउँदै समस्या समाधानमा पहलका लागि अनुरोध समेत गरेको छ ।







