LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

विश्व शान्ति युवा क्लव सालझण्डी रुपन्देहीको आयोजनामा तिज विशेष सांस्कृतिक मेला २०८१ मंगलवारदेखि सालझण्डीमा सुरु भएको छ ।
पशुपति स्कुलको खेल मैदानमा सुरु भएको मेला भदौ ३० गतेसम्म संचालन हुनेछ । मेलाको मंगलबार साँझ सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एक समारोहका बीच उदघाटन गर्नुभयो ।
मेलाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यस प्रकारका मेलाले तीजको मौलिकता संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै विश्व शान्ति युवा क्लवले समाजमा रहेको विकृति र विसंगति अन्त्य गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उक्त मेलामा कलाकारहरु शिव परियार, रामजी खाँड, पशुपति शर्मा, खुमन अधिकारी, दुर्गेश थापा, प्रिती आले, रमेशराज भट्टराई, करण परियार, अर्जुन सापकोटा, कुशल बेलबासे, प्रकाश दुतराज लगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने आयोजक विश्व शान्ति युवा क्लवले जनाएको छ ।
तीज बिशेष सांस्कृतिक मेलाका आयोजक विश्व शान्ति युवा क्लव सालझण्डीका अध्यक्ष खडकबहादुर जिसीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, मुहान सहकारी संस्थाकी सचिव नन्दा बुढा र न्यू कञ्चन आमा समूहकी उपाध्यक्ष मिना श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय