LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

काठमाण्डौ २७ भदौ २०८१ ।
नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ बर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेको बताए । उनले भने ‘विगतमा पनि कुनै कालखण्डमा मैले रिर्सोट सञ्चालनमा होमिएको थिएँ, केही अनुभव पनि थिए, अहिले एग्रो टुरिजम थालेको छु’ ।


उनले आफुले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको बताए । उनले भने ‘तर मैले राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि ब्यक्तिगत रुपमा कुनै खालको अवसर पाइँन । सधैँ अरुको भर्याङ हुनु भन्दा कुनै व्यवसाय गरेर आफु सहित अरुलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौं र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकुँ भन्नका लागि ऋणपान गरेर ब्यवसाय थालेको हुँ ।
थापाले भक्तपुरको खरीपाटीस्थीत मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्बृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर एकान्त एग्रो रिर्सोट थालेका हुन् । त्यसकारण उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अग्र्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दुध दिने गाइ छन् । जसले करिव २०० लिटर दैनिक दुध दिइरहेका छन् । बस्न, खान आउने पाहुनाहरुको माग पुरा गर्न दर्जनौ हाँस, सयौं लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्कि र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुइ पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ ।

करिव २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिटट्ै उद्घाटन गर्ने लक्ष्य बनाएका माधब थापाले रिर्सोट निर्माणको काम करिव सक्किएको पनि बताए । रिर्सोट सञ्चालनमा आइसकेपनि केही संरचना तयारी गरि छिट्टै उदघाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको भनाइ छ ।
पारिवारीक वातावरणमा होमस्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुन चाहे दोयर दुध खान सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफनै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अग्र्यानिक उत्पादनहरुको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खशि जस्ता सबै खालका लोकल चीजहरुको उपलब्धता रिर्सोटमा रहेको उनले बताए । त्यसैगरी जुम्लाको मार्सी चामल, सिमि, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अग्र्यानिक खानेकुरा आफनो रिर्सोटमा पाइने उनले बताए । उदघाटन नएपनि रिर्सोटबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको ब्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफनो रिर्सोटमा ८–१ण् जनाले रोजगारी पनि पाएको थापाले बताए ।

साथै उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा छुट्टै माटाका घर र पढ्ने लेख्नेहरुका लागि लाइबेरी समेत बनाइने उनले सुनाए ।अहिलेको राजनीति घृणित भएको, नेताहरु भष्ट्राचारमा लागेको र आफुहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जिवन कृषि पर्यटनको क्षेत्रमा सर्मपित भएर लाग्ने थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय