रुपन्देहीको सैनामैना नगरपालिका वार्ड न ८ मा रहेको नयाँगोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को २४औ सधारण सभा शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको शतचिन्तन सामुदायिकभवनमा सम्पन्न कार्यक्रममा संस्थाको शेयर सदस्य मध्येबाट दुई जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्यका छोरा छोरी मध्येबाट कक्षा १२ माउत्कृष्ट अंकल्याउने मध्येबाट २ जन
बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो त्यस्तै कार्यक्रममा पुर्व ब्यवस्थापक र पुर्व कार्य समितिलाई समेत दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमलाल ढकालले आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक प्रतिबेदन,कोषाध्यक्ष दिलिप न्यौपानेले आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समिति संयोजक मुक्तलाल गिरीले लेखाप्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सस्थाका अध्यक्ष खेमलाल ढकालको अध्यक्षता, सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख अतिथ्यतामा सम्पन्नभएको कार्यक्रममा प्रदेश कृषि सहकारी लिमिटेडका अध्यक्ष नरबहादुर घर्तिमगर, सैनामैना सहकारी सञ्जालका अध्यक्ष प्रशुराम सामकोटा, सैनामैना वडा नंं ५ का अध्यक्ष धनप्रसाद पौडेल, संस्थाका सल्लाहकार पारेश्वर ढकाल, आर्दश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमराज पाण्डे लगायतले बोल्नुभएको थियो ।
२०५८ सालमा स्थापना भएको सहकारीको कार्यक्षेत्र सैनामैना नगरपालिका कञ्चन र गैडहवा गाउँपालिका रहेको छ ।
९४५ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक बर्ष २०८०÷०८१ मा १२ लाख १८ हजार ७ सय एकाउन नाफा गर्न सफल भएको छ ।
कार्यक्रम संस्थाका उपाध्यक्ष ऋषिराम पाण्डेको स्वागत र सचिव रामप्रसाद बस्याल को सञ्चालनमा सम्पन्न भएको थियो ।







