LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयहरुमा राजनैतिक दलहरुले भाग बण्डाका आधारमा गरिने नियुक्ती गुणस्तरिय शिक्षाका लागि बाधक रहेको बताउनु भएको छ । रुपन्देहीको शुद्धोधनमा संचालित यज्ञोदयदूधनाथ थारु बहुमुखी क्याम्पसको २० औ कयाम्पस सभा, ७औ अधिबेशन तथा भवन समुदघाटन समारोहमा शुक्रवार वोल्दै महामन्त्री थापाले राजनैतिकदलको भागबण्डामा नियुक्तिभएर आउने हरुले विश्वबिद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो संभव नदेखिएको दावि गर्नु भयो ।
दलहरुलाई भागबण्डाका आधारमा गरिने नियुक्ति वालाले सोही दलको भावना अनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्रीथापाले बताउनु भयो । सरकारले उच्चशिक्षामा लगानी बृद्धि गरी पठन पाठन शैलिलाई सुधार गर्न जरुरी रहेको छ भन्दै उहांले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि विदेशने जमातलाई रोक्न सकिने धारणा राख्नु भयो ।
शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भनने विषयमा ध्यान दिन जरुरी रहेको समेत औल्याउनु भयो ।
शिक्षामा सरकारको लगानीन्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मानगर्नु पर्नेमाजोड दिनु भयो ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिकउपलब्धी र भावी योजनाका वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा क्याम्पसका प्रार्चाय टंक प्रसाद पौडेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष नवलराज शर्माले स्वागत गर्नु भएको थियो । सोही अवसरमा उत्कृष्ठ कर्मचारी शिक्षक विद्याथीहरुलाई सम्मानगरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय