LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देही कञ्चन ३ मा रहेको मलावरदेवी माद्ययमिक बिद्यालयको १२ कोठे नयाँ भवनको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले गर्नु भएको छ। गोर्खा वेलफेयर ट्रस्ट को अनुदान सहयोग तथा बिद्यालयको आन्तरिक श्रोतबाट निर्माण सम्पन्न भएको उक्त भवन निर्माणको शुभारम्भ मन्त्री ढकालले नै २०७५ सालमा शिलन्यास गर्नु भएको थियो।
नयाँ भवनको उद्घाटन गर्दै मन्त्री ढकालले शिक्षा बिना सभ्य समाजको कुनै परिकल्पना गर्न नसकिने उल्लेख गर्नु भयो। शिक्षाले मात्र समाजलाई बौद्धिकता तर्फ ढकेल्ने र बौद्धिक वर्गले मात्र आदर्श समाजको परिकल्पना गर्न सक्ने भएको हरेक क्षेत्र समुदायलाई शिक्षाको ज्योतिबाट नजिक बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले बिद्यालयको भौतिक पुर्वाधार बिकास अन्तर्गत बिभिन्न योजनाहरु निर्माण गरिरहेको र त्यसैको मुख्य योजना मलावरदेवी माद्ययमिक बिद्यालयमा गोर्खा वेलफेयर ट्रस्टमा १२ कोठे भवन निर्माणका लागि सहयोग प्राप्त भएको मन्त्री ढकालले बताउनु भयो।
यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अवको शिक्षा ब्यबसायिक र बिश्व बजारमा बिक्ने सिपयुक्त शिक्षाको बिकास गर्नुको बिकल्प नभएको बताउनु भयो। बिदेशमा उच्च शिक्षा पढ्न जाने क्रमलाई रोक्न नसकिने भएपनि माध्यमिक तहको शिक्षा पढ्दै गर्दा बिद्यार्थीहरुले सिपमा आधारित शिक्षा ग्रहण पाएको अवस्थामा जुनसुकै बहानामा युवाहरु बिदेशिएता पनि उनिहरुले दुःख नपाउन भन्ने उद्धेश्यले शिक्षालाई व्यबसायिक र सिपयुक्त बनाउनु पर्ने भएको अध्यक्ष ढकालले बताउनु भयो। विगतका शैक्षिक सत्रहरुमा भन्दा यस बर्षको कञ्चनको शैक्षिक स्तरमा बृद्धि भएको उल्लेख गर्दै अध्यक्ष ढकालले फरक प्रसंगमा भदौ मसान्तभित्र राष्ट्रिय भूमि आयोगको पुनः गठन भएमा सबैभन्दा पहिले वडा नं. ५ मा लालपुर्जा वितरण गरिने बताउनु भयो।
सहयोगदाताहरुलाई सम्मान गरिएको कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, वडा न ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, कार्यपािलका सदस्य तथा प्रवक्ता चित्र तुलाचन, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, शिक्षा अधिकृत रमेश भूसाल, हरैया बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष टीकाराम गिरी लगायतले बिद्यालयको शैक्षिक गुणस्तरमा ध्यान नदिएसम्म भौतिक पुर्वाधारको सौन्दर्यता बढाएर मात्र बिद्यालय शिक्षामा सुधार नहुने बताउनु भएको थियो। बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्न शिक्षक, बिद्यार्थी र अभिभावकहरुको चासो बढाउने शैक्षिक योजना निर्माण गर्नु अनिवार्य रहेको वक्ताहरुले जोड दिनु भएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भुवन कुमार गौतमले बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्न आफु र बिद्यालयका शिक्षक कर्मचारीहरु एकबद्ध भएर शैक्षिक योजनाका साथ अगाडी बढीरहेको बताउनु भएको थियो ।
शिक्षक बिदुर शर्माको संचालनमा भएको कार्यक्रममा बिद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय