एैतिहासिक तिउहर वडका अत्तवर सबजन मिलके मनाइलजा थारु कल्याणकारी सभा के पुकार भन्ने मुल नाराका साथ वड्का अत्तवार शुभकामना आदानप्रदान कार्यक्रम ३० गते आइतबारका दिन सैनामैना नगरपालिकाको सालझण्डीर्मा धुमधामका साथ मनाईको छ ।
थारु समुदायको संस्कार संस्कृति संरक्षण गर्न सबै लाग्नुपर्ने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताउनुभयो । थारु कल्याणकारिणी सभा सैनामैनाले आयोजना गरेको बड्का अत्तवार पर्व कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री एवम् सांसद डिल्ली बहादुर चौधरीले जबसम्म थारु संस्कृति बचाउन सकिदैन तबसम्म हामी थारु हौँ भन्ने गर्व गर्न नसिकने हुदाँ थारु समुदायको संस्कार संस्कृति संरक्षण गर्न थारु समुदाय एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले संस्कृति र परम्पराले भरिपूर्ण थारु समुदायको खानापान, नाचगान, पहिरन, पुरानो सीपलाई
संरक्षण गरि व्यवसायीकरण गरेर आर्थिक उपार्जन लाग्नुपर्ने जोड दिनुभयो ।
सांसद चौधरी थारु समुदायको उत्थानका लागि आफूले विशेष प्राथामिकता साथ हेरेको बताउँदै झुमडा नाच, बडका नाँच, डिउहार, खानपान र संस्कृतिको संरक्षणसँगै नेतृत्व विकासका लागि प्रदेशबाट आवश्यक बजेट विनियोजन गर्दै विकासमा लागेको बताउनुभयो ।



सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्तमा थारु समुदायको आफ्नै मौलिक कलासंस्कृतिकले भरिपूर्ण रहेकोले यसको संरक्षणमा लाग्नुपर्ने जोड दिनुभयो ।
उहाँले कला सँस्कृतिलाई जर्गेना गरि संस्कृतिले आर्थिक आयआर्जन माध्यमबाट आफ्नो समुदायको आयस्तर उकास्न सकिने बताउनुभयो ।
थारु कल्याणकारिणी सभा केन्द्रीय पार्षद रामबली चौधरीले खुशीयली र सौहार्दपूर्ण तारिकाले भव्य रुपमा पर्व मनाउन आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले थारु समुदाय र थारु समुदायको संस्कृतिको विकास लागि नगरपालिका र थारु समुदायसँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थारु कल्याणकारिणी सभा रुपन्देही सभापति कमल नारायाण थारुले परिर्वतित समाजमा समायोजन हुन थारु समुदाय शैक्षिक, आर्थिक, राजनितिक र सामाजिक रुपमा अग्रसर भएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुषाले ऐतीहासिक थारु नाच बड्का नाचलाई राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गरि व्यवसायी बनाउनुपर्ने सुझाव दिदै यो नाचको संरक्षणका लागि वडाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थारु कल्याणकारिणी सभा सैनामैनाका सभापति दुलबहादुर थारुको अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह–सचिव केवल प्रसाद थारुको रहेको थियो ।
बड्का अत्तवार पर्व कार्यक्रममा थारु समुदायका युवायुवाती थारु पोषकमा सजिएर नाचगान र थारु परिकार खाएर एकआपसमा खुशी सटासट गरेर पर्व मनाएका छन् ।केवल थारुले गर्नु भएको थियो ।
उत्त कार्यक्रमा हाजिरी जवाफ प्रतियोगिता लगायत विभिन्न थारु समुदायका सस्कूती झल्किने बड्का नाच , झाकी झुम्डा नाच लगाएतका कार्यक्रम गरिएको थियो ।
अत्त्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुले फलफूललगायत परिकार आफूले खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ । यो पर्व छोरीचेलीलाई सम्मान गर्ने पर्व हो । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । त्यो कोसेलीलाई ‘अग्रासन’ दिने भनिन्छ । अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, भात, गब्दा, खुर्मा, फुलौरी र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । दर खाएको बिहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् ।
अट्वारीका अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा बिदा दिएको छ ।




