LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

केशब पन्थी,

अर्घाखाँची व्यापार संघको प्रथम वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ। अधिवेशनबाट पुन अध्यक्षमा योगेन्द्र बहादुर खडका निर्वाचित हुनुभएको छ ।यस्तै बरिष्ट उपाध्यक्षमा लक्ष्मी,नारायण चुदाली,उपाध्यक्षमा डिलाराम भुसाल,ज्ञानेन्द्र घिमिरे,कृष्ण प्रसाद बन्जाडे,महासचिव कृष्ण प्रसाद भुसाल,सहसचिव संजय नेपाली कोषाध्यक्ष तुल्सीराम पन्थी, सकोषध्यक्षमा रिता बन्जाडे लगायत चयन हुनुभएको छ ।
उदघाटन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय व्यापारीहरुका संघ संस्था बढ्दै जाँदा व्यवसायी नै मर्कामा परेको बताउनुभएको छ ।व्यापारीहरुका संख्या बढ्दै जाँदा बजारमा मुल्यमा एकरुपता आउन अप्ठारो पर्ने देखि व्यवसायीहरु धरासयमा पर्ने उहाँको भनाइ छ ।अहिले यहाँ ३ वटा व्यापारीहरुका नेतृत्व छन। तिनिहरुलाई एउटै ठाँउमा ल्याउन जरुरी भएको बताउनुभएको हो ।

यस्तै अर्घाखाँची व्यापार संघका जिल्ला अध्यक्ष योगेन्द्र बहादुर खड्काले राज्यले दिनप्रतिदिन करका दर बढाउँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।आम्दानीको श्रोत घट्नु करको दर बड्नाले सटर बन्द गरेर ब्यापारी विस्थापीत हुने गरेको बताउनुभएको छ ।

कार्यक्रममा व्यापार संघका लुम्बिनी प्रदेश उपाध्यक्ष नेत्रप्रसाद श्रेष्ठ,चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठ,उद्योग वाणिज्य संघ अर्घाखाँचीकी सदस्य पार्वता श्रेष्ठ, व्यापार संघका सदस्य डिलाराम भुसाल पत्रकार महासंघ अध्यक्ष अशोक खनालले सुभकामना मन्तव्य राख्दै हाल जिल्लामा फरक फरक व्यापारी संघ भएकाले बजारमा मुल्य बढ्दा कुनै निकायले जिम्मेवारी पन देखाउन नसकेको बताउनु भएको थियो । उद्घाटन कार्यक्रम व्यापार संघको महासचिव कृष्ण भुसालको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय