पर्वत,४, असोज
धर्म गर्न मन्दिर धाउनु पर्दैन यहि नै हो सबै भन्दा ठुलो धर्म
कसैको दुखमा सहयोग गर्नु र कसैको परिवारको खुसी फर्किन्छ भने आउनुहोस एक दुइ दिनको फजुल खर्च घटाएर पिडित परिवारलाई सहयोग गरौँ ।
पर्वत जिल्ला बिहादी गाउँपालिका वर्डा न २ गोतामे गाउ निबासी बर्ष २७ की गिता कुमारी नेपाली आर्थिक रुपमा विपन्न हुनुुहुन्छ । उहाको परिवारमा निकै ठुलो बज्रपात परेको छ । उहा शारिरिक रुपमा कमजोरी हुनुुहुन्छ ।
यो भन्दा ठुलो कुरा उहाको टाउकोमा समस्या देखियो । उहा सामान्य उपचारको लागि भरतपुर क्यानसर अस्पताल पुग्नुभयो । समय खराबका कारण उहाको टाउकोमा ब्रेन ट्युमर जस्तो भयानक रोग भएको डाक्टरहरुले पुष्टि गरे । तत्काल उपचार गर्नु परेकाले उहालाई पहिलो अप्रेशन परिवारले नै गरेयो तर पुन ट्युमर पलाएर दोस्रो अप्रेशनको लागि घरको अवस्था निकै कमजोर भएकोले पैसाको अभावले गर्दा उहाको उपचारमा निकै समस्या आएको छ ।



श्रीमान गोपाल बाहदुर नेपालीले श्रीमतीको उपचार खर्च जुटाउन बैदेशिक रोजगारको सिलसिलामा कतार पुग्नुभयो । उहालाइ समेत समयले धोका दियो । सवारी दुर्घटनामा उहाको खुट्टामा गम्भिर चोट लागेयो । खुट्टामा रड राखेर हिडनु परेको र परिबारमा निकै ठुलो समस्या आएको कारणले गिता नेपालिको श्रीमान नेपाल फर्किनु परेको छ ।
यता गितालाइ पुन अपरेसन गर्नु पर्ने भएकाले खर्च जुटाउन परिवार टोल छिमेक र वडा समेत लागि परिरहेको छ । तर धेरै लगानी जुटाउन धौधौ परेकाले उहालाई अस्पताल पुराउन नसकेको गिताका श्रीमान गोपाल नेपाली बताउँनुहुन्छ । “सानी छोरी छ म बिरामी छु धेरै काम गर्न सक्ने अवस्था छैन सके जति जुटाएकै छु ” भन्दै सबैलाई सहयोग गर्न अपिल गर्नूभएको छ ।
उहा भन्नुहुन्छ “तपाईंहरुको सानो सहयोगले मेरो श्रीमतीको ज्यान बच्न सक्छ मलाई दया गरि मेरो श्रीमतीलाई बचाईदिनुहोस”
उहालाई सहयोग गर्नको लागि गोपाल बाहादुर नेपालिको एन आइ एम बी(NIMB) को अकाउन्ट नम्बर ०४१०५०८०२८३५२६ मा सहयोग गरिदिनु वा बिरामी को बारेमा बुज्नु परे सम्पर्क नम्बर ९७०३९३९०१४ मा सम्र्पक गर्न अनुरोध समेत गर्दछौ ।
तपाइको सानो सहयोग कसैको जिबन बाच्न सक्छ भने आउनुहोस सबै मिलेर सहयोग गरौ n




