LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना,५, असोज
सैनामैना नगरपालिका वडा न ११ मा अवस्थित योर मल्टि फिटनेस परिवार लगाएत सम्पूर्ण शारिरिक सुगठन प्रेमीहरुले शुक्रबार सैनामैना ११ सालझण्डी चोकमा स्वर्गिय प्रकाश राई प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रजोलन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा शारिरिक सुगठन प्रेमी तथा योर मल्टिफिटनेसका सञ्चालक बिकास थापाले स्वर्गिय राई प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राईको निधनले सम्पूर्ण शारिरिक सुगठन प्रेमीहरुलाई दुखित बनाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कञ्चन गाउपालिका वार्ड न १ का वडा अध्यक्ष हरि नारायण चौधरीले स्वर्गिय राईको सम्झना गर्दै देशले एक उदारणीय व्यक्तित्व गुमाएकोमा चिन्ता व्यक्त गर्नुभयो । राई यही शनिबार मात्रै पाँचौँ खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा बिजेता हुनुभएको थियो । बिजेता भएको पाँचौ दिनमै राईको निधन भएको थियो ।


मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी ४५ वर्षीय राईलाई असोज २ गते बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पु¥याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरेका थिए ।
उहाँको सम्झनामा देशभरी नै बिभिन्न शारिरिक शारिरिक सुगठन प्रेमी हरुले दिप प्रज्जलन तथा श्रद्धाञ्जली सभा गरिरहेका छन ।
यसै गरि सैनामैनामा रहेको फिटनेस टाईमले पनि एक कार्यक्रम गरि स्व. राई प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय