LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनामा ठुलो मात्रामा अबैध सालको काठ बरामत भएको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीको नियमित गस्तीको समयमा सैनामैना वडा नं. ६ मलमला टोलबिकास अन्तरगत झालाबाट उक्त काठ बरामत भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।
आईतबार बिहान ३ बजे तिर बरामत भएको काठ मध्ये १९८ थान फेन्टा ११२.४८ क्यूफिट गोठमा लुकाई रहेको अबस्थामा , २३ थान फेन्टा १८.९३ क्यूफिट बाटोमा र ०.५ क्युफिट एक ब्यक्ति संग गरि जम्मा १३१. ९१ क्यूफिट काठ बरामत गरिएको हो । उक्त बरामत काठ ईलाका प्रहरी कार्यालय सालझण्डीमा रहेको छ ।
आईतबार बिहान इंगुरिया सामुदायिक वनले आफ्नो क्षेत्र भित्र बरामत गरेको काठ उपभोक्ताको रहेको भन्दै बिभिन्न समयमा उपभोक्ताको नाममा काटेको बिल देखाउदै उनिहरुलाई आफैले कारवाही गर्ने दाबि गरेको थियो ।
यस अघि पनि सोही सामुदायिक वनमा गाडी सहित ठुलो मात्रामा काठ बरामत भएको थियो । सैनामैना क्षेत्रमा इंगुरिया सामुदायिक वन संगै अन्य सामुदायिक वनहरु रहेपनि इंगुरिया सामुदायिक वनमा धेरै अबैध काठ तस्करी हुने गरेको स्थानियले बताएका छन् ।
पटक पटक काठ प्रहरीले बरामत गर्ने र सामुदायिक वन समिति आएर छुटाएर लैजाने क्रम जारी रहि रहदा कतै वन समितिनै यस कार्यमा लागेको होकी भन्ने जनमानसमा शंका उत्पन्न हुने बातावरण श्रृर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय