LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गिता पराजुली

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसका बिएड तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले विहिबार सैनामैनाको कलौनीमा रहेको रेडियो सैनामैनाको स्थलगत अवलोकन भ्रमण गरेका छन ।
बिएड तेश्रो बर्षको इङलिस फर मास कम्युनिकेसन बिषय लिएर अध्ययनरत विद्यार्थीहरुले रेडियो सैनामेना प्राविधिक पक्षका बिषयमा जानकारी लिएका थिए भने अध्ययन अवलोकनका लागि आएका विद्यार्थीहरुलाई रेडियो सेनमैनाका स्टेशन म्यानेजर अनिता चौधरीले रेडियोकोे बिषयमा जानकारी दिनुभएको थियो ।
क्याम्पसका प्राध्यापक दिनेश पन्थीले विद्याथीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्राविधिक क्षेत्रको बिषयमा विद्यार्थीलाई जानकारी दिन अध्ययन अवलोकनको लागि रेडियोको भ्रमण गराएको बताउनु भयो । उहाँले रेडियो सैनामैनामा आएर सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान समेत विद्यार्थीले हासिल गरेको भन्दै अवलोकनको लागि सहजता प्रदान गरेकोमा रेडियोलाई धन्यवाद दिनुभयो ।
त्यस अवसरमा रेडियो सैनामैनाका स्टेसन म्यानेजर अनीता चौधरीले प्रशिक्षण दिदै रेडियोले प्रसारण गर्ने समाचार, कार्यक्रम, अन्तरबार्ता लगायत प्राविधिक बिषयमा बोल्दै पछिल्लो समय सामाजिक सञ्जालमा प्रसारण हुने भा्रमक समाचार लाई चिर्दै रेडियो बाट प्रसारण हुने कुनै पनि समाचार गलत र भा्रमक नहुने बताउनुभयो । सुचना छिटो छरितो सम्बधित ठाउ सम्म पुग्न रेडियोले महत्वपुण भुमिका खेलेको बताउनुभयो ।

उहाँले रेडियो सुचना र सञ्चारको एक भरपर्दो माध्यम रहेको बताउँदै मिडियाकै माध्यमबाट खोजी पत्रकारिता मार्फत समाजको रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभएको थियो ।
स्थलगत अध्ययनपछि विद्यार्थीहरुले मास मिडियाको बारेमा क्याम्पसमा अध्ययन गरेको भन्दा ब्यावहारिक र प्राविधिक पक्ष सोचे भन्दा पनि फरक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय