LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

गिता पराजुली

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसका बिएड तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले विहिबार सैनामैनाको कलौनीमा रहेको रेडियो सैनामैनाको स्थलगत अवलोकन भ्रमण गरेका छन ।
बिएड तेश्रो बर्षको इङलिस फर मास कम्युनिकेसन बिषय लिएर अध्ययनरत विद्यार्थीहरुले रेडियो सैनामेना प्राविधिक पक्षका बिषयमा जानकारी लिएका थिए भने अध्ययन अवलोकनका लागि आएका विद्यार्थीहरुलाई रेडियो सेनमैनाका स्टेशन म्यानेजर अनिता चौधरीले रेडियोकोे बिषयमा जानकारी दिनुभएको थियो ।
क्याम्पसका प्राध्यापक दिनेश पन्थीले विद्याथीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्राविधिक क्षेत्रको बिषयमा विद्यार्थीलाई जानकारी दिन अध्ययन अवलोकनको लागि रेडियोको भ्रमण गराएको बताउनु भयो । उहाँले रेडियो सैनामैनामा आएर सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान समेत विद्यार्थीले हासिल गरेको भन्दै अवलोकनको लागि सहजता प्रदान गरेकोमा रेडियोलाई धन्यवाद दिनुभयो ।
त्यस अवसरमा रेडियो सैनामैनाका स्टेसन म्यानेजर अनीता चौधरीले प्रशिक्षण दिदै रेडियोले प्रसारण गर्ने समाचार, कार्यक्रम, अन्तरबार्ता लगायत प्राविधिक बिषयमा बोल्दै पछिल्लो समय सामाजिक सञ्जालमा प्रसारण हुने भा्रमक समाचार लाई चिर्दै रेडियो बाट प्रसारण हुने कुनै पनि समाचार गलत र भा्रमक नहुने बताउनुभयो । सुचना छिटो छरितो सम्बधित ठाउ सम्म पुग्न रेडियोले महत्वपुण भुमिका खेलेको बताउनुभयो ।

उहाँले रेडियो सुचना र सञ्चारको एक भरपर्दो माध्यम रहेको बताउँदै मिडियाकै माध्यमबाट खोजी पत्रकारिता मार्फत समाजको रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभएको थियो ।
स्थलगत अध्ययनपछि विद्यार्थीहरुले मास मिडियाको बारेमा क्याम्पसमा अध्ययन गरेको भन्दा ब्यावहारिक र प्राविधिक पक्ष सोचे भन्दा पनि फरक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय