LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना, १४ असोज

रुपन्देहीको सैनामैना नगरपालिकाको शिक्षा शाखामा छैठौ तहको कुनै दरबन्दी नै छैन तर बिडम्बना सैनामैनाको शिक्षा क्षेत्र दरबन्दी नै नभएको छैठौ तहको अधिकृतको भरमा बिगत चार बर्षदेखि चल्दै आएको छ ।

सैनामैना नगरपालिकाको शिक्षा शाखामा ९ औं र १० औं तहको उपसचिवको दरबन्दी छ तर दरबन्दी नै नभएको छैठौं तहको अधिकृतको भरमा नगरको शिक्षा शाखा संचालन हुँदा सबै मुकदर्शक बनेका छन् ।दरबन्दी अनुसारको कर्मचारी नआउँदा दरबन्दी नै कायम नभएको छैठौ तहकी अधिकृत राधा बेल्बासेले कामचलाउको भरमा एकलौटी गर्दै आएको गुनासो बढेको छ ।

नगरको शिक्षा शाखामा उपसचिव ९ औं र १० औं तहमध्ये एक, अधिकृत ७ औं र ८ औ तहमध्ये एक र पाँचौ तहमा दरबन्दी रहेको छ । एक श्रोतका अनुसार छैठौं तहकी अधिकृत बेल्बासेले पहुँच र दबाबको भरमा सैनामैनामा उपल्लो तहको उपसचिवमा कसैलाई आउन नदिन सफल भएकी छिन । बेल्बासे को श्रीमान माधव बञ्जाडे रुपन्देहीको जिल्ला शिक्षा इकाई प्रमुख छन ।बञ्जाडे यसअघि विभिन्न समयमा विवादमा परेका अधिकृत हुन ।

सैनामैनाकी शिक्षा अधिकृत राधा बेल्बासेको दरबन्दी अर्घाखाँचीमा रहेको छ भने सैनामैनामा पहुँचकै आधारमा विगत चार बर्षदेखि काजमै कार्यरत रहेकी छिन ।
अझै रोचक कुरा के छ भने अहिले सैनामैनामा संघ सरकारले ७ जना माबि र २ जना निमाबि तहको शिक्षकको दरबन्दी दिएको छ । उक्त शिक्षक नियुक्तीका लागि हुने छनोट प्रकृयामा जाने नगरको शिक्षा शाखाका प्रतिनिधिले कुनै नियममै नभएको भत्ता लिने गरेका छन ।

नगरको शिक्षा शाखाको प्रतिनिधित्व गर्दै जाने कर्मचारीले सामान्य बिद्यालयमा ५ हजार र आर्थिकरुपमा सम्पन्न बिद्यालयमा त्यस भन्दा बढी रकम बुुझ्ने गरेको पाइएको छ ।

त्यस्तै सामुदायिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको चयन प्रकृया सहजीकरणको लागि भन्दै जाने नगरको शिक्षा शाखाका कर्मचारीले विद्यालयबाट दैनिक ४, ५ हजार रकम भरपाई गरि बुुझ्ने गरेको गुनासो विद्यालयहरुले गरेका छन ।

दैनिक हजारौं रकम भत्ताको रुपमा बुझ्न पाईने भएकोले शिक्षक छनोट प्रकृयामा जान  प्रमख प्रशासकिय अधिकृत संग बिवाद हुने गरेको छ ।
यता सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाको समन्वय हुन नसक्दा कोटियादेवी माध्यमिक बिद्यालयको शिक्षक छनोट प्रकृयामा ढिलाई भएको छ ।

प्रशासकीय अधिकृतले पाँचौ तहको कर्मचारीलाई नगर प्रतिनिधि तोकेकोमा शिक्षा अधिकृतले आफू जान पाउनुपर्ने भन्ने अडान राख्दा छनौट प्रकृया नै रोकिएको श्रोतले जनाएको छ ।
नगरका शिक्षकहरुले दरबन्दी नै नभएको अधिकृतको भरमा सैनामैनाको शिक्षा शाखा संचालन हुँदा आफूहरु अभिभावकविहीन जस्तै भएको गुनासो गरे ।

यस बिषयमा बुझ्न जाँदा शिक्षा शाखा प्रमुख बेल्बासे पछि जवाफ दिने भन्दै कार्यकक्षबाट बाहिरिईन ।
उता नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग यस बारेमा बुझ्दा प्रदेश निजामति ऐनले गर्दा कर्मचारी आउन ढिलाई भएको बताउँदै ऐन लागू भएपछि मात्रै दरबन्दी अनुसारको कर्मचारी आउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय